२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको पल्सर स्पोट्र्स अवार्ड २०७८ अन्तर्गत पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको छ ।

मञ्चले सोमवार एक कार्यक्रम आयोजना गर्दै आगामी फागुन २३ गते हुने अवार्डअन्तर्गत पिपल्स च्वाइस विधामा मनोनयनमा परेका पाँच खेलाडीको नाम सार्वजनिक गरेको हो । सार्वजनिक सूचिमा फुटबलका अञ्जन बिष्ट, क्रिकेटका आसिफ शेख, भलिबलकी उषा भण्डारी, टेनिसका अभिलाषा बिष्ट र पौडीकी डुवाना लामा अटाएका छन् ।

सूचिमा परेका खेलाडी अघिल्लो वर्ष सम्पन्न विभिन्न प्रतियोगितामा पाएको सफलता र चर्चाको आधारमा मनोनयनमा परेका मञ्चका सचिव एवम अवार्डको खेलाडी छनोट समितिका संयोजक अञ्जन खड्काले बताउनु भयो । मनोनयनमा परेका मध्येबाट विजेताको चयन इसेवामार्फत भोटिङ, फेसबुक लाइक, नेपाल खेलकुद पत्रकार मञ्चका पत्रकारको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतको आधारमा हुनेछ । अवार्डसँग इसेवाको तेस्रो वर्षको सहकार्य हो ।

मञ्चले डिजिटल पेमेन्ट पार्टनरका लागि सोमवार नै इसेवासँग आगामी दुई वर्षका लागि सम्झौता नवीकरण गरेको छ । सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र इसेवाको तर्पmबाट हेड अफ बिजनेस डेभलपमेण्ट आशिष प्रसाईंबीच सम्झौता पत्रमा हस्ताक्षर भयो । सम्झौतापत्रमा हस्ताक्षरपछि इ–सेवाका हेड अफ बिजनेस डेभलपमेण्ट प्रसाइले पिपल्स च्वाइस अवार्डमा जोडिन पाउँदा खुशी रहेको प्रतिक्रिया दिनुभयो । इसेवा भोटिङको मतभार ५० प्रतिशत हुनेछ भने पत्रकार र मुख्य प्रशिक्षकको मतभार २५/२५ प्रतिशत रहनेछ ।

मुख्य प्रायोजक हंसराज हुलासचन्द एण्ड कम्पनी रहेको अवार्डमा आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले यस वर्ष विभिन्न ८ विधामा खेलाडी र खेलकर्मीलाई सम्मानित गर्दैछ । उत्कृष्ट वर्ष खेलाडी पुरुष, महिला र युवा तथा उत्कृष्ट प्रशिक्षक विधाको मनोनयन पनि केही दिनमै सार्वजनिक गरिने मञ्चले जनाएको छ । लाइफटाइम एचिभमेण्ट अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड अवार्डको घोषणा भने फागुन २३ गते नै हुनेछ ।

त्यस्तै यसपटक पनि एक अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि सम्मान गर्ने मञ्चले जनाएको छ । अवार्डअन्तर्गत उत्कृष्ट वर्ष पुरुष, महिला, युवा, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् । अन्य विधाका विजेताले ५० हजार पुरस्कार पाउनेछन् ।