२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपलाई भेट्न नेपाल आए रिजवान



अ+ अ-

काठमाडौं । पाकिस्तानका सुपरस्टार विकेटकिपर/ब्याट्सम्यान मोहम्मद रिजवान नेपाल आएर सन्दीप लामिछानेलाई भेटेका छन् । सन्दीपलाई भेट्न भनेर रिजवान आइतबार नेपाल आएका थिए ।

रिजवानले सन्दीपलाई आइतबार नै भेटेर हौसला प्रदान गरेका बताईएको छ । उनी सन्दीपलाई हौसला र मनोबल बढाउन नै नेपाल आइपुगेका बुझिएको छ ।

रिजवानले सोमबार विहान नेपाली क्रिकेट टोलीलाई पनि भेटेर सल्लाह सुझाव दिएका छन् । उनी आजै स्वदेश फर्किँदैछन् ।

सन्दीपले पाकिस्तानी लिगमा खेल्दा रिजवानसँग उनको दोस्ति भएको थियो । अन्तर्राष्ट्रिय फ्रेन्चाइजहरू खेलेका कारण सन्दीपको विश्वका धेरै क्रिकेटरहरूसँग सम्बन्ध रहेको छ । रिजवान टी–२० क्रिकेटमा सर्वाधिक सफल ब्याट्सम्यानमा पर्छन् । उनी विश्व वरीयतामा दोस्रो स्थामा छन् ।