१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नेपाली समाज यति ‘पतित’ कहिल्यै भएको थिएन– रवीन्द्र मिश्र

नेपाली समाज यति ‘पतित’ कहिल्यै भएको थिएन– रवीन्द्र मिश्र
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली समाज यति ‘पतित’ कहिल्यै नभएको बताउनुभएको छ ।

मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई सम्बोधन गर्दै मिश्रले सामाजिक सञ्जाल फेसबुकमा विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरीबीबाट ग्रस्त थियो तर यो तहको ‘पतित–ता’ बाट ग्रस्त नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “त्यस्तो ‘पतित–ता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।”

‘म आमरण अनसनमा बस्ने योजनामा छु’ भनी आफूलाई मंगलबार बिहान सन्देश पठाउने आचार्यले त्यसको केही घण्टाभित्रै दिउँसोसम्ममा आत्मदाह रोज्नुभएछ भन्दै नेता मिश्रले भन्नुभएको छ, “तपाईंले आत्मदाह–पूर्वको पत्रमा उल्लेख गर्नुभए झैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।”

आचार्यको आत्मदाहबाट अत्यन्त पीडा भएको छ भन्दै उहाँले लेख्नुभएको छ, “तपाईंको वैकुण्ठ वास होस् र यो समाजलाई यति कुरूप बनाउनेहरूलाई विवेक मिलोस्।”

उपाध्यक्ष मिश्रले आचार्यको ऋण तिर्नका लागि श्रीमतीलाई सहयोग गरिदिन गर्नुभएको अपीलमा आफूले पनि सानो सहयोग गर्ने निर्णय गरेको भन्दै देशभित्र र बाहिर रहेका सबै मनकारी नेपालीलाई सहयोगका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जालमा मिश्रले लेख्नुभएको पाठ यस्तो छ:

“म आमरण अनसन बस्ने योजनामा छु!”
प्रेमजी, तपाईंले अस्ती विहान मलाई पठाएको सन्देश हो यो। तर त्यसको केही घण्टाभित्रै दिउँससम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ। तपाईंले आत्मदाह-पूर्वको पत्रमा उल्लेख गर्नुभए झैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।

तपाईंको वैकुण्ठ वास होस् र यो समाजलाई यति कुरूप बनाउनेहरूलाई विवेक मिलोस्। अत्यन्तै पीडा भएको छ, प्रेमजी! इमानदारीपूर्वक भन्दा, नेपाली समाज इतिहासमैँ यति ‘पतित’ कहिल्यै भएको थिएन। विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरीवीबाट ग्रस्त थियो तर यो तहको ‘पतित-ता’ बाट ग्रस्त थिएन। त्यस्तो ‘पतित-ता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।

तपाईंले ऋण तिर्नका लागि श्रीमतिलाई सहयोग गरिदिन गर्नुभएको अपीलमा मैले पनि सानो सहयोग गर्ने निर्णय गरेको छु। देशभित्र र बाहिर रहनुभएका सबै मनकारी नेपालीहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछु!

(आत्महत्याका सामाजिकरआर्थिक बाहेक अन्य धेरै मानसिक कारणहरू पनि हुन्छन्। कसैमा त्यस्तो सोच आयो भने या कसैले त्यस्तो विचार प्रकट गर्यो भने त्यसलाई हलुकासँग नलिन र तुरून्तै मानसिक रोग विशेषज्ञकहाँ जान आग्रह गरौँ। आत्महत्याको सोच गम्भिर स्वास्थ्य समस्या पनि हो भन्ने नबिर्सौँ।)