२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली समाज यति ‘पतित’ कहिल्यै भएको थिएन– रवीन्द्र मिश्र



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली समाज यति ‘पतित’ कहिल्यै नभएको बताउनुभएको छ ।

मंगलबार आत्मदाह गरेका प्रेमप्रसाद आचार्यलाई सम्बोधन गर्दै मिश्रले सामाजिक सञ्जाल फेसबुकमा विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरीबीबाट ग्रस्त थियो तर यो तहको ‘पतित–ता’ बाट ग्रस्त नभएको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “त्यस्तो ‘पतित–ता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।”

‘म आमरण अनसनमा बस्ने योजनामा छु’ भनी आफूलाई मंगलबार बिहान सन्देश पठाउने आचार्यले त्यसको केही घण्टाभित्रै दिउँसोसम्ममा आत्मदाह रोज्नुभएछ भन्दै नेता मिश्रले भन्नुभएको छ, “तपाईंले आत्मदाह–पूर्वको पत्रमा उल्लेख गर्नुभए झैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।”

आचार्यको आत्मदाहबाट अत्यन्त पीडा भएको छ भन्दै उहाँले लेख्नुभएको छ, “तपाईंको वैकुण्ठ वास होस् र यो समाजलाई यति कुरूप बनाउनेहरूलाई विवेक मिलोस्।”

उपाध्यक्ष मिश्रले आचार्यको ऋण तिर्नका लागि श्रीमतीलाई सहयोग गरिदिन गर्नुभएको अपीलमा आफूले पनि सानो सहयोग गर्ने निर्णय गरेको भन्दै देशभित्र र बाहिर रहेका सबै मनकारी नेपालीलाई सहयोगका लागि हार्दिक अनुरोध गर्नुभएको छ ।

सामाजिक सञ्जालमा मिश्रले लेख्नुभएको पाठ यस्तो छ:

“म आमरण अनसन बस्ने योजनामा छु!”
प्रेमजी, तपाईंले अस्ती विहान मलाई पठाएको सन्देश हो यो। तर त्यसको केही घण्टाभित्रै दिउँससम्ममा तपाईंले आत्मदाह रोज्नुभएछ। तपाईंले आत्मदाह-पूर्वको पत्रमा उल्लेख गर्नुभए झैँ तपाईंको आत्मदाह देशको परिवर्तनका लागि प्रयास गरिरहेका हामी कयौँ र दशकौँदेखि देशको नेतृत्वमा बसेकाहरूको विफलताको परिणाम हो।

तपाईंको वैकुण्ठ वास होस् र यो समाजलाई यति कुरूप बनाउनेहरूलाई विवेक मिलोस्। अत्यन्तै पीडा भएको छ, प्रेमजी! इमानदारीपूर्वक भन्दा, नेपाली समाज इतिहासमैँ यति ‘पतित’ कहिल्यै भएको थिएन। विगतमा हाम्रो समाज अशिक्षा, रूढिवाद र गरीवीबाट ग्रस्त थियो तर यो तहको ‘पतित-ता’ बाट ग्रस्त थिएन। त्यस्तो ‘पतित-ता’ जहाँ समाज र देश परिवर्तन गर्न सक्ने शिक्षा, आधुनिकता र सम्पन्नता भएकाहरूमा, अपवादलाई छोडेर, नैतिकता र मानवता शून्य भएको छ।

तपाईंले ऋण तिर्नका लागि श्रीमतिलाई सहयोग गरिदिन गर्नुभएको अपीलमा मैले पनि सानो सहयोग गर्ने निर्णय गरेको छु। देशभित्र र बाहिर रहनुभएका सबै मनकारी नेपालीहरूलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछु!

(आत्महत्याका सामाजिकरआर्थिक बाहेक अन्य धेरै मानसिक कारणहरू पनि हुन्छन्। कसैमा त्यस्तो सोच आयो भने या कसैले त्यस्तो विचार प्रकट गर्यो भने त्यसलाई हलुकासँग नलिन र तुरून्तै मानसिक रोग विशेषज्ञकहाँ जान आग्रह गरौँ। आत्महत्याको सोच गम्भिर स्वास्थ्य समस्या पनि हो भन्ने नबिर्सौँ।)