१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार
अ अ+ अ-

बलेवा । धौलागिरि अस्पताल बागलुङले डायलासिस सेवाको क्षमता थप गरेको छ । मिर्गौला पीडितलाई निःशुल्क रुपमा डायलासिस सेवा प्रदान गर्दै आएको र अस्पतालले क्षमता थप गरेको हो ।

डायलसिस प्रक्रियामा प्रयोग हुुने ‘आरो’ पानी उत्पादन गर्ने मेसिन थपिएपछि सेवा विस्तार गरिएको हो । आरोपानी पर्याप्त मात्रमा उत्पादन हुँदा डायलासिस सेवालाई तीन चरणमा विभाजन गरेर उपचार सेवा थप गरिएको धौलागिरि अस्पतालका नर्सिङ अधिकृत तथा सूचना अधिकारी अञ्जना पौडेलले जानकारी दिनुभयो ।

आरोपानीको अभाव हुँदा विगतमा दैनिक दुई चरणमा मात्रै डायलासिस हुँदै आएको थियो । गत मङ्सिरदेखि दैनिक तीन चरणमा डायलासिस सेवा प्रदान गरिएको छ । आरोपानी दुई सय ५० लिटर प्रतिघण्टा उत्पादन हुँदा दुई चरण थियो । अहिले आरोपानी प्रतिघण्टा एक हजार लिटर उत्पादन हुन्छ । डायलासिस मेसिन थप गर्न सके थप बिरामीको पनि उपचार गर्न सकिने सूचना अधिकृत पौडेलको भनाइ छ ।

हाल अस्पतालमा ४४ जना मिर्गौलाका बिरामीले नियमित निःशुल्क रुपमा डायलासिस सेवा लिँदै आएका छन् । तीबाहेक पाँचजनाले उपचारका लागि पालो गर्नुपर्ने अवस्था छ । यद्यपि पालो कुर्नुपर्ने बिरामी जटिल प्रकृतिका छैनन् । उनीहरुले हप्ता वा पन्ध्र दिनमा एक पटक मात्रै डायलासिस गर्दै आएका छन् ।

नियमित सेवाका सूचीमा रहेका बिरामीमध्ये तीनजनाले हप्ताको तीन पटक अन्यले हप्ताको दुई पटक डायलासिस गराउँछन् । छ मेसिनबाट दैनिक डायलासिस गर्दै आएको सूचना अधिकृत पौडेलको भनाइ छ । एउटा मेसिनले बेलाबेलामा काम गर्दैन । पाँचवटा मेसिन नियमित सञ्चालनमा छन् ।

गण्डकी प्रदेश सरकारसँग थप डायलासिस मेसिनको माग गरिएको छ । अझै पाँच÷छ मेसिन सञ्चालन गर्न सक्ने आरोपानीको क्षमता रहेको उहाँले बताउनुभयो । डायलासिसका लागि जिल्ला बाहिरका सरकारी तथा निजी अस्पतालमा रहेका बिरामीलाई जिल्लाबाटै सेवा दिन सकिने सूचना अधिकारी पौडेलले बताउनुभयो ।

स्थानीय तहले पनि नागरिकको स्वास्थ्य सेवालाई ध्यानमा राखेर डायलसिस मेसिन खरिद गरिदिए सेवा उपलब्ध गराउन आफूहरु तयार रहेको पौडेल बताउनुहुन्छ । एउटा मेसिन खरिद गर्दा करिब रु १५÷१६ खर्च हुन्छ । धौलागिरि अस्पतालमा २०७५ साल वैशाख १० गतेदेखि दुई बिरामीबाट निःशुल्क डायलासिस सेवा सञ्चालन गरिएको छ ।

डायलासिसका लागि गाउँबाट आउनेलाई पहिलो चरण, सदरमुकामदेखि नजिकै रहेका बिरामीलाई दोस्रो चरण र सदरमुकाममै बसोबास गर्ने बिरामीलाई तेस्रो चरण अर्थात् साँझको समयमा डायलासिस सेवा उपलब्ध गराउने गरी कार्य सूची तयार गरिएको छ ।

एक बिरामीको एक पटक डायलासिस विद्युत् र डाइलाइजर बाहेकको करिब रु दुई हजार छ सय ७० खर्च आउँछ । सरकारले उक्त रकमको सोधभर्ना गर्दै आएको छ । डायलासिस सेवामा पाँचजना कार्यरत छन् । उक्त जनशक्ति सेवा प्रवाहका लागि अपुग भएको अस्पतालका प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले जानकारी दिनुभयो । रासस