२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० क्रिकेटमा राशिद खानको ५०० विकेट पुरा



अ+ अ-

काठमाडौँ । अफगानिस्तानका स्पिनर राशिद खानले ५०० विकेट पुरा गरेका छन् । राशिद खानले आफ्नो करिअरमा अहिलेसम्म कुल ३६८ खेल खेल्दै ५०० विकेट लिएका हुन् ।

दक्षिण अफ्रिका टी–२० मा एमआइ कप टाउनबाट खेल्दै प्रेटोरिया क्यापिटल्सबाट ३ विकेट लिएसँगै राशिदले आफ्नो करिअरको ५०० विकेट पुरा गरेका हुन् ।

राशिदले अफगानिस्तानबाट ७४ टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै १२२ विकेट लिएका छन् भने बाँकी ३७८ विकेट फ़्रेन्चाइजी क्रिकेटमा लिएका हुन् ।

राशिदले २०१५ देखि अहिलेसम्म ३७१ खेलका ३६८ इनिंगमा ५०० विकेट लिएका छन् । राशिद टी–२० क्रिकेटका सबै खेलहरुमा धेरै विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा रहेका छन् ।

राशिदभन्दा अगाडी वेस्टइन्डिजका ड्वायन ब्राभो रहेका छन् । ब्राभोले अहिलेसम्म ५५६ खेल खेल्दै ६१४ विकेट लिएका छन् ।