२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पीएसजीको जितमा एम्बाप्पे एक्लैको पाँच गोल



अ+ अ-

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च कप फुटबलको अन्तिम १६ मा स्थान बनाएको छ ।

सोमबार राति छैटौं श्रेणीको पाएस डी कासेललाई ७–० गोल अन्तरले हराउँदै पीएसजीले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

पीएसजीको जितमा केलियन एम्बाप्पे एक्लैले ५ गोल गरे । उनले खेलको २९ औं,३४ औं,४० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । त्यसपछि उनले ५६ औं र ७९ औं मिनेटमा थप दुई गोल गरे ।

एम्बाप्पे पीएसजीको इतिहासमा एकै खेलमा ५ गोल गर्ने पहिलो खेलाडी समेत बनेका छन् । यस्तै नेयमारले ३३ औं र कार्लोस सोलेरले ६४ औं मिनेटमा गोल गरेका थिए ।