२३ भाद्र २०८३, मंगलवार
,
Latest
नेपालमा हिमनदी भत्किनुअघि देखिएको थियो असाधारण तापक्रमः अनुसन्धानकर्ता मुख्यमन्त्री पाण्डेद्वारा ढोरवाराही मन्दिरको संरक्षण र प्रवर्द्धनमा जोड जनमत पार्टीको दोस्रो महाधिवेशन असोज १० गते वीरगञ्जमा हुने ‘जलवायु परिवर्तनबाट भएको क्षतिको न्याय माग्न अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्छ’ भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार बाढीप्रभावित विद्यालयको अवस्था बुझ्न मन्त्रीद्वय स्थलगत अवलोकनमा रास्वपा सचेतक धितालको प्रश्न: सुध्रिनु अरुले मात्रै पर्ने हामीले चाहिँ सुध्रिनु नपर्ने ? भारतीय रक्षामन्त्री राजनाथ सिंह श्रीलङ्का भ्रमणमा ‘बिरामी आमा छाडेर उद्धारमा खटिएँ’ चौथो खेलमा मधेसको पहिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट स्पट फिक्सिङ प्रकरणः मेहबुब आलम र आदिल अन्सारीलाई काठमाडौं ल्याइँदै



अ+ अ-

काठमाडौं । नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा पूर्वराष्ट्रिय क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टोलीका सदस्य आदिल अन्सारी पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनीहरुलाई पक्राउ गरेको हो । सीआईबी स्रोतका अनुसार आलमलाई राजविराज र आदिललाई विराटनगरबाट पक्राउ गरिएको हो । उनीहरू दुवैलाई जहाजबाट काठमाडौं ल्याइँदैछ ।

पक्राउ परेका दुवैजनालाई काठमाडौं ल्याएसँगै औपचारिक जानकारीसहित अनुसन्धानसम्बन्धी विस्तृत विवरण सार्वजनिक गर्ने सीआईबीको तयारी छ । स्पट फिक्सिङ’मा संलग्न भएको आरोपमा नै थप एक जनालाई पनि पक्राउ गरिएको छ । यद्यपि, उनको नाम खुलेको छैन ।

पूर्वअलराउण्डर मेहबुब आलमले एकै खेलमा १० विकेटको कीर्तिमान राखेका छन् भने आदिल राष्ट्रिय टीमका उदीयमान अलराउण्डर हुन् ।

प्रहरी उपरिक्षक सञ्जयसिंह थापा नेतृत्वको टोलीले स्पट फिक्सिङबारे छानबिन गरेको थियो । प्रारम्भिक अनुसन्धानबाट टी–ट्वान्टी लिग क्रिकेटको व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनी सेभेन–३ स्पोर्टका सञ्चालक नै फिक्सिङमा संलग्न रहेको आशंका गरिएको छ । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी–२० लिग भएको थियो ।