२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

छिमेकसँग कार्ड खेल्ने होइन, सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्छ: अध्यक्ष ओली



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबै मुलुकसँग सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्ने बताउनु भएको छ ।

एमालेको परराष्ट्र मामिला विभागले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेनु भएका अध्यक्ष ओलीले भन्नुभयो ‘हामीले छिमेकसँग कार्ड खेल्ने होइन, बाहिर एउटा र भित्र अर्को क्रियाकलाप गर्ने होइन । सबैसँग सन्तुलित, विश्वसनीय, भरपर्दो, सम्वन्ध कायम राख्नुपर्छ।’

कार्यक्रमलाई सम्वोधन गर्दै ओलीले नेपाल छिमेकीको विल्कुलै कुभलो नगरिकन उनीहरूको चासो र चिन्तालाई सम्वोधन गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो ‘कसैका विरुद्धमा काम गर्ने र कसैका निम्ति काम गर्ने गैरजिम्मेवार प्रवृत्ति देखिए । हाम्रो भू-राजनीतिमा यस्तो कुरा बडो खतरनाक हुन्छ । अब नयाँ सरकार बनेपछि यसलाई सच्याएर जानुपर्छ ।’

उहाँले नयाँ बनेको सरकारले कूटनीतिलाई ठीक ठाउँमा ल्याएर छिमेकसँग सन्तुलित सम्बन्ध कायम गर्ने जनाउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो ‘हामी हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं । कसैको पनि मिलिट्री वेस वा सैनिक गतिविधि र अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं ‘कुनै पनि हिसाबले हाम्रो सार्वभौमसत्ता र स्वाधिनतामा सम्झौता गर्दैनौं । पारस्परिक लाभ र सम्मानको आधारमा सबैसँग मित्रताको नीतिबाट अगाडि बढ्नेछौं । हाम्रो परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने आधार यिनै हुन् ।’

ओलीले अगिल्लो सरकरले सरकारले देशभित्र तनाव बढाउने र बाह्य शक्तिसँग साँठगाँठ एवं दलाली गरेर राष्ट्रिय हित कमजोर बनाउने काम गरेको आरोप लगाउनु भयो ।