२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष ओलीको भनाइले संघीयता नै खतरामा छ की जस्तो भएको छः विमलेन्द्र निधी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद विमलेन्द्र निधीले न्यायपालिकालाई नै निर्देशन दिने प्रणालीबाट सबै जनता झस्किएको बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी होइन भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको व्यवहारबाट सबै झस्किएको समेत बताउनु भयो । उहाँले संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले पनि निर्देशन दिन नमिल्ने बताउनु भयो ।

उहाँले ओलीको भनाइले संघीयता नै खतरामा रहेको आशंका उब्जिएको बताउनु भयो । उहाँले उहाँले सभामुखमा ईश्वरीदेवी न्यौपाने सबैभन्दा योग्य पात्र भएको पनि बताउनु भयो । सांसद निधीले सभामुखकी उम्मेदवार न्यौपाने योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभाको सभामुखको लागि उहाँ कुनैपनि नयाँ व्यक्ति हुनुहुन्न । उहाँ सबैभन्दा योग्य, अनुभवी, क्षमतावान, कल्पनाशील दूरदर्शी व्यक्तित्व हुनुहुन्छ । संविधानले ग्रहण गरेको अवलम्वन र व्यवस्था गरेको प्रणालीले कार्यपालिका भन्दा माथि कसैले नीति निर्देशन दिन मिल्छ र रु हामी झस्केका छौँ । जनता झस्केका छन् । प्रतिनिधि सभाको विघटन प्रतिगमन होइन भन्नुभएको छ । बाहिरको र नेपालको संसदीय प्रणालीमा केही न केही फरक छ । उहाँले यस्तो भन्नुमा संघीयतामाथि नै खतरा आइरहेको छ भन्ने महशुस भएको छ । हामीले त्यो सबै कुरालाई ध्यानमा राखेर विश्वासको मत दिएका छौँ । विपक्षीले विश्वासको मत दिँदा खुशी मनाउनुपर्ने ठाउँमा चिन्ता हुन्छ भने के महत्व रु प्रतिष्पर्धालाई प्रतिशोधको भावनाले हेर्नु हुँदैन ।’

सांसद निधीले जनताले देशमा राजनीतिक स्थिरता चाहेको बताउनु भयो । उहाँले जनताले विकास, आर्थिक समृद्धि र शान्ति चाहेको भन्दै संसदको पूर्ण आयु काम हुनुपर्ने बताउनु भयो ।