५ पुष २०८२, शनिबार
,
Latest
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख म हुने निश्चित छः उम्मेदवार घिमिरे(भिडियोसहित)



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताउनुभएको छ ।

बुधवार संसद सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भुमिका नभाउने बताउनु भयो । उहाँले आफू नर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने बताउनु भयो । उहाँले सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भुमिकामा कमी नदिने गरी कार्य सम्पादन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म सभामुख हुनेकुरा निश्चित छ । त्यसलाई विगतका अनुभव र शिक्षाबाट सिकेर व्यवस्थित गर्दै अघि बढ्नुपर्छ । यो दलबाट विजयी बनेर होइन, सिंगो प्रतिनिधि सभाबाट विजयी भएर जाने हो । प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भुमिका के हुन्छ, त्यो भुमिकामा कमी नभइ भुमिका खेल्छु । नेकपा एमालेले प्रश्ताव गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङ प्रश्तावक हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेन, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका सचेतक हीतराज पाण्डेले समर्थन गर्नुभएको छ । विगतबाट शिक्षा लिँदै आउँदा दिनमा प्रभावकारी भुमिका निर्वाह गर्नेछु ।’

सत्तारुढ दलहरुको साझा उम्मेदवार रहनुभएका उहाँलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रश्ताव गर्नुभएको छ भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन ले समर्थन गर्नुभएको छ । प्रतिनिधि सभामा समामुखको निर्वाचन माग ५ गते (भोलि) हुँदैछ ।

एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित हुनुभएको थियो । हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भुमिकामा रहनुभएका उहाँ २०५६ सालमै राष्ट्रिय सभाको सांसद हुनुभएको थियो ।