२० मंसिर २०८२, शनिबार
,
Latest
कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’ प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देन लाई भ्याली पब्लिक बास्केटबलमा तेजस्वी र पारामाउन्ट विजयी महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ ।

न्यौपानेले आफूलाई कांग्रेस संसदीय दलको कार्यालयमा बोलाइएको जानकारी दिनुभयो । सभामुखमा उम्मेदवारीका लागि कांग्रेसले प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गरिरहेको बताइएको छ । छलफल सकिएपछि उम्मेदवारी दर्ता गरिने बुझिएको छ ।

यसअघि कांग्रेसले सभामुखको उम्मेदवार टुंग्याउनुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुर्ने बताएको थियो । धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपछि मात्र उम्मेदवारीका बारेमा टुङ्गो लाग्ने बताइएको थियो ।

पदाधिकारी बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी ९जसपां अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गर्नुभएको थियो ।