१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर



अ+ अ-

काठमाडौं । बद्री–तीर्थ आर्थराइटिस् समाज तथा नेशनल बाथरोग सेन्टरको संयुक्त आयोजनामा आजदेखि बाथरोगसम्बन्धी निःशुल्क स्वास्थ्योपचार शिविर सञ्चालन गरिने भएको छ ।

नेपालमा बढ्दै गइरहेको बाथरोगको पहिचान गरी यसका बिरामीलाई पनि उपचारको पहुँचमा ल्याउन सहयोग पुगोस् र निम्न आय भएका बाथरोगीहरूले उपचार पाउन सकुन् भनेर आजदेखि यही माघ ९ गतेसम्म निःशुल्क बाथरोग शिविर सञ्चालन गर्न लागिएको सो सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जानकारी दिनुभयो ।

रातोपुलमा रहेको नेशनल बाथरोग सेन्टेरमा बिहान ९ देखि साँझ ६ बजेसम्म यस रोगका विशेषज्ञ एवं चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको प्रबन्ध निर्देशक कक्षपतिले जानकारी दिनुभयो ।

उहाँले बाथरोग पहिचानका लागि हुने बाथरोग शिविरमा सिरापी, इएसआर, युरिक एसिड र सुगर परीक्षण निःशुल्क गरिनेसमेत बताउनुभयो । उहाँले हरेक वर्ष माघमा बाथरोगसम्बन्धी जनचेतना फैलाउने अभियानअन्तर्गत शिविर सञ्चालन गर्ने गरिएको पनि बताउनुभयो ।

यस शिविरबारेमा जानकारी दिन सोमबार यहाँ आयोजित एक कार्यक्रममा वरिष्ठ बाथरोग विशेषज्ञ डा विनित वैद्यले बाथरोगले मानिसका शरीरका सबै अङ्गलाई हानी गर्ने भएकाले बाथरोगबारे सचेत हुनुपर्ने बताउनुभयो ।

उहाँले सन् २०१२ देखि बाथरोग जागरण अभियान सुरु गरिएको भन्दै बर्सेनि कम्तीम पनि दुई सय २५ जना विपन्न परिवारका बाथरोगीलाई निःशुल्क उपचार गरेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं ९ का अध्यक्ष रामजी भण्डारीले बाथरोगबारे अध्ययन तथा अनुसन्धान हुनुपर्ने जोड दिनुभयो । उहाँले बाथरोग उपचारमा वडामा रहेका सबैलाई सहयोग गर्ने बताउनुभयो ।

यसैबीच बाथरोगका क्षेत्रमा विशिष्ट योगदान पु-याएकामा प्रा रत्नशम्शेर राणालाई ‘तीर्थानन्द–वैद्य मेमोरियल लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । बद्री—तीर्थ आर्थराइटिस् समाजका अध्यक्ष बद्रीलक्ष्मी वैद्यले नगद रु २५ हजार र सम्मानपत्रसहितको सो अवार्ड उहाँलाई प्रदान गर्नुभएको हो ।