१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँः नवनियुक्त मन्त्री गिरी

सबै अस्पतालमा न्यूनतम सेवा लागू गर्नेछौँः नवनियुक्त मन्त्री गिरी
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले आज पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग पद तथा गोपनीयताको सपथ लिइसकेपछि मन्त्री गिरीले मन्त्रालय पुगी पदभार सम्हालेका हुन् ।

पदभार सम्हाल्दै उनले दुई महत्वपूर्ण निर्णय गरेका छन् । सबैलाई न्यूनतम आधारभूत स्वास्थ्य सेवा पुर्याउनका लागि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने उनले पहिलो निर्णय गरेका छन् । अर्को उनले राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गरेका हुन् ।

दुवै निर्णय स्वीकृत गर्दै उनले गरिब, विपन्न नागरिकलाई स्वास्थ्य सेवा पुर्याउने मुख्य चुनौती रहेकाले सबै स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गरेर सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने बताए । उनले गाउँ र सहरमा एकै किसिमका सेवा उपलब्ध गराउने मापदण्ड सहयोगी बन्ने बताए । मन्त्री गिरीले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने स्पष्ट गरे ।

स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले पनि आजै पदभार ग्रहण गरेकी छन् । स्वास्थ्यमन्त्री गिरीसँगै राज्यमन्त्री डा कार्कीले पनि सबै तहका स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड र राष्ट्रिय आँखा स्वास्थ्य रणनीति लागू गर्ने निर्णय गरेकी हुन् ।

राज्यमन्त्री डा कार्कीले संविधानले सुनिश्चित गरेको निःशुल्क आधारभूत स्वास्थ्य सेवालाई कार्यान्वयन गर्ने बताइन् । उनले कोही पनि पैसाको अभावले उपचार गर्नबाट वञ्चित हुनुनपर्ने उल्लेख गरिन् ।

आमनागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि स्वास्थ्य संस्था तथा अस्पताललाई न्यूनतम सेवा मापदण्डको कार्यान्वयन सुनिश्चित गर्नका लागि स्वास्थ्य संस्थामा न्यूनतम सेवा मापदण्ड लागू गर्ने निर्णय गरिएको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए ।

नवनियुक्त मन्त्री गिरी गत मङ्सिर ४ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट पर्वतबाट निर्वाचित भएका थिए ।

आमा सीता गिरी र बेल गिरीबाट पर्वत जिल्ला कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिएका मन्त्री गिरी अनेरास्ववियुबाट विद्यार्थी राजनीतिमा सक्रिय भएका हुन् । पृथ्वीनारायण बहुमुखी क्याम्पस पोखराबाट स्नातकोत्तर तह उत्तीर्ण गरेका उनी सोही क्याम्पसको स्ववियु सभापतिसमेत भएका थिए ।

मन्त्री गिरी अनेरास्ववियुको १९औँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सचिवालय हुँदै एमाले पर्वत जिल्ला कमिटी सदस्यमा रहेर काम गरिसकेका छन् । एमाले पर्वतको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्ष र एमाले र माओवादी केन्द्र एकता भई गठन भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पनि जिल्ला अध्यक्ष गरी दुई पटक पार्टीको जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी विसं २०७४ मा भएको आमनिर्वाचनमा पर्वत जिल्लाबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए । एमाले दशौँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य तथा पर्वत जिल्ला सहइन्चार्जको भूमिकामा उनी रहेका ।

राज्यमन्त्री डा कार्की गत मङ्सिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीतर्फबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । उनी राजनीतिमा आउनुभन्दा अगाडि चिकित्सक पेशामा आबद्ध थिइन् । रासस