१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेशः मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत



अ+ अ-

हेटौंडा । बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जमकट्टेलले विश्वासको मत प्राप्त गर्नुभएको छ । कूल एक सय १० सदस्यीय प्रदेशसभामा विश्वासको मतको प्रस्तावको पक्षमा उहाँले एक सय पाँच मत प्राप्त गर्नुभएको छ । विश्वासको मतको पक्षमा नेपाली कांग्रेसले समेत मतदान गरेको थियो ।

आज अपराह्न बसेको प्रदेशसभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का तीन सदस्यले विपक्षमा मतदान गर्नुभएको थियो । मतदानमा एक सय नौ सदस्यले भाग लिनुभएको थियो । नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री जम्मकट्टेललाई विश्वासको मत प्रदान गर्ने निर्णय गरेको संसदीय दलका नेता बहादुरसिंह लामाले बताउनुभयो ।

मुख्यमन्त्री जम्मकट्टेललाई नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा ९माओवादी केन्द्र०, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टी गरी छ दलका सदस्यले मत दिनुभएको थियो । प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।