१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

यी हुन् प्रचण्ड नेतृत्वको सरकारको सारथी (सूचीसहित)

यी हुन् प्रचण्ड नेतृत्वको सरकारको सारथी (सूचीसहित)
अ अ+ अ-

काठमाडौँ ।  पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले मंगलबार गर्नुभएको मन्त्रिपरिषद विस्तारसँगै अब २३ सदस्यीय मन्त्रिमण्डल बनेको छ । दुईवटा मन्त्रालय भने प्रधानमन्त्री दाहालले आफैंसँग राख्नुभएको छ ।

अब मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना र जनमत पार्टीबाट १ जना रहनुभएको छ ।

नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा राजेन्द्रकुमार राई, परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहनुभएको छ ।

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी रहनुभएको छ । त्यस्तै सुशीला शिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री बन्नुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की रहनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा दीपकबहादुर सिंह रहनुभएको छ ।

यसैगरी जनमत पार्टीबाट खानेपानी मन्त्री अब्दुल खान रहनुभएको छ । जनमत पार्टीले यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मागेको थियो, तर उक्त मन्त्रालय एमालेका भण्डारीलाई दिइएको छ ।

वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय भने प्रधानमन्त्री दाहालले आफैंसँग राख्नुभएको छ ।