१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

परराष्ट्र मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने छुः परराष्ट्रमन्त्री पौडेल

परराष्ट्र मन्त्रालयले दिने सेवा प्रभावकारी बनाउने छुः परराष्ट्रमन्त्री पौडेल
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा विमला राई पौडेलले परराष्ट्र मन्त्रालयले जनतामा पु¥याउने सेवा र सुविधालाई सहज बनाउने कुरा आफूले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मंगलवार परराष्ट्रमन्त्रीको शपथग्रहणपछि मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री पौडेलले जनतामा परराष्ट्र मन्त्रालयले पु¥याउने सेवा र सुविधालाई सहज बनाउन पहिलो प्राथमिकता दिने बताउनुभएको हो ।

उहाँले परराष्ट्र मन्त्री भएर परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने, विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य र नेपालका विभिन्न देशमा रहेका राजदुतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने तीन प्राथमिकता रहेको बताउनु भयो । उहाँले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताउनु भयो । उहाँले नेपालको हीतमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने बताउनु भयो । पौड्यालले नेपालको परराष्ट्र नीतिलाई स्थिर बनाउन आफूले प्रयास गर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो,‘आफू आउनासाथ सबै नीति फेर्नेतिर लाग्दिन । नेपालको असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने हो । मान्छेपिच्छे हाम्रो परराष्ट्र नीति परिवर्तन हुनु हुँदैन । यति धेरै विज्ञहरु यहाँ हुनुहुन्छ । भइरहेका नीतिमा ग्याप छन् भने मिलाउँछौँ । हामी अन्तर्राष्ट्रिय क्षेत्रमा जसरी प्रश्तुत हुन्छौँ हाम्रो इमेज त्यही हो। नेपालको सीमा विवादहरुका विषयमा भने अहिल्यै बोल्नु हतार हुन्छ । जनतामा परराष्ट्र मन्त्रालयले पु¥याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’

‘दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने छ । नेपालको हीतमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्नेछु । तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने छु । नेपालको राजदूतावासमा मेरो देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ । बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महशुस गर्नुपर्छ । हाम्रो दुतावावासमा नेपालीहरुलाई सहज पहुँच गराउन प्रयास गर्नेछु ।’

मन्त्री पौडेलले नेपालको राजदुतावासमा नेपाली जाँदा घरजस्तो फिल गर्नुपर्ने भन्दै नेपालीहरु बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महशुस हुने वातावरण बनाउने बताउनु भयो ।