९ पुष २०८२, बुधबार
,
Latest
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै तीन वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने मादीसेती मोटरेबल पुल पाँच वर्षसम्म बनेन राजधानीका तीन होटलको खाद्य गुणस्तर कमजोर पाँच महिनामा सात अर्ब ८४ करोडको पेट्रोलियम पदार्थ आयात यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा भारतको सहयोगमा निर्माण हुने दुई परियोजनाको शिलान्यास आजदेखि साताव्यापी ‘विराट ट्रेड एक्स्पो’, २०० बढी स्टल रहने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन अधिकृत नियुक्त सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपथ लिए नयाँ मन्त्रीहरूले – फोटो फिचर



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज नियुक्त गर्नुभएका नयाँ मन्त्रीहरुले सपथ लिनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसहित नयाँ मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देनले उपप्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेबारी पाउनुभएको छ । राप्रपाबाटै विक्रम पाण्डे सहरी विकासमन्त्री, ध्रुवबहादुर प्रधान कानून मन्त्री र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बन्नुभएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिशिर खनाल शिक्षामन्त्री, डिपी अर्याल श्रममन्त्री र डा तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नुभएको छ ।

नेकपा (माओवादी केन्द्र) बाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री र सुशीला श्रीपालीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको सपथ लिनुभएको छ ।

त्यसैगरी नेकपा (एमाले) बाट रक्षामन्त्रीमा हरि उप्रेती, परराष्ट्रमन्त्रीमा विमला राई पौडेल, स्वास्थ्यमन्त्रीमा पदम गिरी, महिला बालबालिका मन्त्रीमा भगवती चौधरीले सपथ लिनुभएको छ । एमालेबाट विनाविभागीय मन्त्री बन्नुभएका ज्वालाकुमारी साह कृषिमन्त्री र राजेन्द्र राई भूमि व्यवस्था सहकारी मन्त्री बन्नुभएको छ ।

फोटो- प्रदिपराज वन्त /रासस