२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अग्निपरीक्षामा होमिने निर्णयमा पुगेँ: लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक र शुभेच्छुकले असहमति जनाउँदा पनि अग्निपरीक्षामा होमिने निर्णयमा पुगेको बताउनुभएको छ ।

उपप्रधानमन्त्रीसहित ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीका रुपमा सपथ लिन लाग्नुभएका अध्यक्ष लिङ्देनले आज एक ट्विट गर्दै मन्त्रिपरिषद्मा सहभागी हुन गरेको निर्णयलाई लिएर असन्तुष्ट बनेका आफ्ना समर्थकहरुलाई धीरता राख्न अनुरोध गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ, “आफ्ना समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि यो अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ, जो ढिलो या चाँडो मेरा लागि अनिवार्य थियो । प्रिय जनहरू, असम्भव जस्तो लागे पनि म खरो उत्रनेछु१ धैर्यता र सहयोगका लागि अपिल गर्दछु !”