२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपालाई उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री !



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने भएको छ ।

रास्वपा स्रोतका अनुसार सो पार्टीले उपसभामुखसहित ३ मन्त्री र एक राज्यमन्त्री पाउने सत्ता साझेदार दलमा सहमति बनेको हो । यद्यपी, यसलाई गठबन्धनले औपचारिक निर्णय गरेको छैन ।

रास्वपा सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रालय लिएर सरकारमा गइसकेका छन् । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ । बैठकले मन्त्रालयको भागवण्डा टुंग्याउने तयारी गर्दैछ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् उपप्रधानमन्त्री रवी लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्छ ।