१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

तीस वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ

तीस वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न बज्रबाराहीमा महायज्ञ
अ अ+ अ-

पाटन । नित्य पूजा सञ्चालनका लागि अक्षयकोष स्थापना गर्न बज्रबाराही मन्दिरमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु भएको छ । खर्च अभावका कारण करिब ३० वर्षदेखि रोकिएको नित्यपूजा सञ्चालन गर्न महायज्ञ सञ्चालन गर्न लागिएको बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष वासुदेव कर्माचार्यले बताउनुभयो ।

उक्त समितिको आयोजनामा आजदेखि सुरु भएको महायज्ञ यही माघ ८ गतेसम्म सञ्चालन हुनेछ । गोदावरी नगरपालिका–११ चापागाउँमा अवस्थित बज्रबाराहीदेवी मन्दिर परिसरमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा मुख्य कथावाचक पण्डित कपिलदेव भट्ट हुनुहुन्छ । काठमाडौँ उपत्यकामा चारतिर चार बाराही मन्दिर छन् । उत्तरमा श्वेतबाराही, पूर्वमा निलबाराही, पश्चिममा धुमबाराही र दक्षिणमा बज्रबाराही पर्दछन् । त्यहीमध्येको बज्रबाराही बाराहको स्त्रीलिङ्गी रुप हो ।

बज्रबाराही देवस्थल चापागाउँको पूर्वी क्षेत्रमा पर्दछ । यसको पूर्वतिर झरुवारासी, बडिखेल, दक्षिणतिर लेले, पश्चिमतिर पागल वन, नख्खु खोला, छम्पी एवं उत्तरतिर ठेंचो पर्दछ । बज्रबाराही बाहेक अरु तीन बाराहीमा हालसम्म दैनिक नित्य पूजा सञ्चालन हुँदै आइरहेको छ । माघ ७ गतेसम्म सो धार्मिक काम सुरु गरिने श्री बज्रबाराही आगंछेँ देवघर व्यवस्थापन समितिका अध्यक्ष कर्माचायले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मन्दिरको दैनिक पूजा चलाउन सामग्रीसमेत जुटाउन नसक्ने भएपछि सो काम रोकिएको हो, अब नियमित सञ्चालन गर्न अक्षय कोष स्थापना गर्नु आवश्यक छ ।”

महायज्ञको शुभारम्भमा ललितपुर क्षेत्र नं १ का सङ्घीय सांसद उदयशमशेर राणाले सबैले मिलेर महायज्ञलाई सफल बनाउँदै अक्षयकोष स्थापना गर्न महत्वपूर्ण योगदान गर्नुपर्ने बताउनुभयो । “बज्रबाराही मन्दिर हाम्रो महत्वपूर्ण सम्पदा हो, यहाँको मूर्त तथा अमूर्त सम्पदा संरक्षणमा हामीहरु सबै मिलेर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

त्यस्तै ललितपुर क्षेत्र नं २ का सङ्घीय सांसद प्रेमबहादुर महर्जनले पूर्खाले जोडेर छाडेको भौतिक सम्पदा र अमूर्त सम्पदाको संरक्षण गर्ने लक्ष्य आफ्नो निरन्तर सहयोग हुने बताउनुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले पूर्खाले चलाएको प्रचलनको संरक्षण गर्न नसक्दा नित्य पूजा सञ्चालन गर्न पनि महायज्ञ लगाउनुपर्ने अवस्थामा पुगेको बताउनुभयो ।

सात दिन महायज्ञ लगाएर उठेको रकमबाट अक्षयकोष खडा गरी धेरै वर्ष अघिदेखि रोकिएको कामलाई निरन्तरता दिने समितिका सल्लाहकार विश्वनाथ न्यौपानेले बताउनुभयो ।

सत् धर्मको पालनाले परिवार हुँदै समाज एवं राष्ट्रको समेत हित हुने विचार व्यक्त गर्दै मुलुकभरका नागरिकलाई सप्ताह महाज्ञान श्रवण गरी देवीको नित्य पूजा सञ्चालनका लागि सहयोग गरिदिनका लागि अर्का सल्लाहकार डा नारायणहरि गजुरेलले आग्रह गर्नुभयो ।

बज्रबाराही देवीको मन्दिर लगभग २० हेक्टर जमिनकोबीचमा रहेको छ । नेपाल संवत् ७१९ मा श्रीराजदेव मल्लले चापागाउँ आगंछेँमा सो देवीको स्थापना गरेको र पछि सो संवत् ७८६ मा श्रीनिवास मल्लले देवीको मन्दिर निर्माण गरेको समितिका अध्यक्ष कर्मार्चायले जानकारी गराउनुभयो ।

बज्रबाराहीको जङ्गलमा विभिन्न जडीबुटी तथा वनस्पति प्रशस्त पाइन्छन् । सो देवीको शक्तिका कारण दिनभर मन्दिर परिसरबाट बाहिर उडेर गएको पात साँझ परेपछि मन्दिरतर्फ हावाले बगाएर ल्याउने र मन्दिरको काठ दाउरा काटेर घरायसी प्रयोजनमा प्रयोग गर्न नहुने स्थानीय पुरुषोतम घिमिरेले बताउनुभयो । रासस