१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar काठमाडौंमा दसैँ–तिहार लक्षित विशेष सुरक्षा योजना, ३ हजार ५ सय ६ प्रहरी परिचालन News Polar भोटेकोशी बाढी : प्रसनिसहित २५ प्रहरी अझै बेपत्ता, तीन जनाको शव फेला News Polar मतदाता सहभागिता बढाउन र बदर मत घटाउन दललाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह News Polar नयाँबसपार्कमा यात्रु सहायता कक्ष स्थापना News Polar सभामुख अर्यालद्वारा संसदको कार्यसम्पादनको प्रशंसा, जलवायु मुद्दा प्राथमिकतामा राख्ने प्रतिबद्धता News Polar प्रतिनिधि सभाको दोस्रो अधिवेशन सम्पन्नः १४५ दिनमा १२ विधेयक पारित, विपद् व्यवस्थापनमा विशेष समितिको गठन News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख

लुम्बिनी: सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने

लुम्बिनी: सभामुखमा माओवादीका घर्ती र उपसभामुखमा राप्रपाकी खाँणले उम्मेदवारी दिने
अ अ+ अ-

बुटवल । लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखका लागि सत्ता गठबन्धन दलबीच सहमति भएको छ । सभामुख पदका लागि नेकपा (माओवादी केन्द्र) र उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उम्मेदवारी दिने सहमति भएको हो ।

आजै माओवादी केन्द्रका तुलाराम घर्तीले सभामुख र राप्रपाकी मेनुका खाँणले उपसभामुखमा उम्मेदवारी दिनुहुनेछ । घर्ती पाल्पा २(२) बाट र खाँण समानुपातिक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

प्रदेशसभा सचिवालयले आज दिउँसो उम्मेदवारी दर्ता गर्ने र भोलि निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

सत्ता गठबन्धनबीच मुख्यमन्त्री नेकपा (एमाले) ले लिएको हुँदा सभामुख माओवादी केन्द्रको र उसभामुख राप्रपाको भागमा परेको हो ।

८७ सदस्यीय प्रदेशसभामा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ३/३ र दुई स्वतन्त्र प्रदेशभा सदस्यसहित कूल ५५ सदस्य सत्ता गठबन्धनमा रहेका छन् । सभामुख र उपसभामुख पदका लागि ४४ सदस्य भए बहुमत पुग्ने छ ।

प्रदेशमा नेपाली कांग्रेसका २७ तथा नेकपा (एकीकृत समाजवादी) र जनमोर्चाका १/१ सदस्य रहेका छन् ।