२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियललाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि



अ+ अ-

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि क्याटलान क्लब बार्सिलोनाले जितेको छ । साउदी अरेबियाको किंग फहद स्टेडियममा गएराति भएको फाइनल खेलमा चीर प्रतिद्वन्द्वी रियल मड्रीडलाई ३-१ गोलले पराजित गर्दै बार्सिलोना च्याम्पियन बनेको हो ।

बार्सिलोनाको जितमा गाभी, रोबर्ट लेवान्डोस्की र पेड्रीले एक एक गोल गरे । रियलका लागि करिम बेन्जेमाले एक गोल फर्काए ।

खेलको ३३ औं मिनेटमा गाभीले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । उनलाई लेवान्डोस्कीले पास उपलब्ध गराए । यस्तै ४५ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

उनलाई गाभीले पास उपलब्ध गराए । खेलको दोस्रो हाफ अन्तर्गत ६९ औं मिनेटमा पेड्रीले गोल गर्दै बार्सिलोनालाई ३-० को अवस्थामा लगे । गाभीले उपलब्ध गराएको पासमा ‘अनमार्क’मा रहेका पेड्रीले ‘ट्याप’ गर्दै गोल गरे ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा बेन्जेमाले सान्त्वना गोल गरे । बार्सिलोनाको यो समग्रमा १४ औं उपाधि हो । यस्तै सुपर कपको यो सर्वाधिक उपाधि पनि हो ।