२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनामा गिटारिस्ट निशान्त आचार्यको निधन



अ+ अ-

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको निधन भएको छ ।

आचार्यले पछिल्लो समय युटयुब र टिकटकजस्ता इन्टरनेटमा गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका थिए। युवापुस्तामाझ छाएका उनको आफ्नै ‘केसिक्स बिफोर’ ब्याण्ड छ ।

आचार्यलाई रक गायक रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार भएको  विमान दुर्घटनामा हालसम्म ६६ जनाको शव फेला परेको छ भने ६ जना भने अझै भेटिएको छैनन् । काठमाडौंबाट पोखरातर्फ उडेको उक्त विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।