२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटनामा गिटारिस्ट निशान्त आचार्यको निधन



अ+ अ-

काठमाडौं । आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा युवापुस्ताका चर्चित गिटारिस्ट तथा संगीतकर्मी निशान्त आचार्यको निधन भएको छ ।

आचार्यले पछिल्लो समय युटयुब र टिकटकजस्ता इन्टरनेटमा गिटारसम्बन्धी ट्युटोरियल सिकाउँदै आएका थिए। युवापुस्तामाझ छाएका उनको आफ्नै ‘केसिक्स बिफोर’ ब्याण्ड छ ।

आचार्यलाई रक गायक रविन तामाङ, अभया सुब्बा, रक ब्याण्ड मंकी टेम्पलसहित उनका फ्यानले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

आइतबार भएको  विमान दुर्घटनामा हालसम्म ६६ जनाको शव फेला परेको छ भने ६ जना भने अझै भेटिएको छैनन् । काठमाडौंबाट पोखरातर्फ उडेको उक्त विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।