८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग News Polar सांसद शेर्पाको आक्रोशः ‘ब्युरोक्रेसीलाई विदेश भ्रमणको हतार, पीडितलाई ६ महिनासम्म पनि रिपोर्ट छैन’ News Polar प्रतिनिधिसभा बैठक : निःशुल्क कानुनी सहायता सम्बन्धी विधेयक, २०८३ प्रस्तुत News Polar विपद्मा परेका बालबालिकाका लागि दीर्घकालीन स्याहार योजना ल्याइने News Polar अविरल वर्षासँगै सतर्क रहन मौसमविद्को आग्रह News Polar सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

माघे सङ्क्रान्तिको महत्त्व

माघे सङ्क्रान्तिको महत्त्व
फाईल फोटो
अ+ अ-

अत्तरिया । नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ ।

उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे सङ्क्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । सोही दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फबाट प्रवेश गर्ने हुँदा दिन लम्बिँदै जाने र रात छोट्टिँदै जाने विश्वास गरिन्छ । विविध जाति र समुदायको बाहुल्य रहेको नेपालमा यो पर्व सबैले मनाउने गरेको पाइन्छ । माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा पनि लिइन्छ ।

आजभोलि माघे सङ्क्रान्ति देशविदेश जतासुकै मनाउने प्रचलन बढ्दै गएको छ । तिलका लड्डु, चाकु, तरुल र सेलरोटी जस्ता विभिन्न परिकारको साथमा माघे सक्रान्तिको रमझम गर्ने गरेको पाइन्छ । जाडोयाममा पर्ने यो चाडमा शरीरलाई न्यानो राख्न सहयोग पु¥याउने खाद्य सामग्रीको प्रयोग गरिनु स्वास्थ्यको हिसाबले पनि लाभदायक देखिन्छ । शिशिर ऋतुमा पर्ने यो सङ्क्रान्तिमा शरीर शुद्ध गरी घिउ चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीको मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।

थारुको माघी
माघीलाई थारूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठूलो पर्वको रूपमा लिइन्छ । यो पर्व माघी पर्वका रूपमा बडो उत्साहका साथ मनाइन्छ । यस समुदायमा मासको दाल र चामल मिसाइएको खिचडी खाने चलन छ । माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात पुसको अन्तिम दिन घर–घरमा सुँगुर काट्ने चलन छ, जसलाई जिता मरना दिनु भनिन्छ । पुस मसान्तमा घरघरमा सुँगुरको मासु, ढिकरी, माछालगायतको परिकार बनाएर जाँडका साथ खानपिन गरेर रातभर नाचगानका साथ रमाइलो गर्ने प्रचलन छ ।

यतिबेला ‘सखियै हो, माघीक पिली गुरी जाँर’ भन्ने गीत सबैको मुखमा झुण्डिएको हुन्छ । माघीमा गाइने गीतलाई धमार भनिन्छ । माघीमा नाचिने विशेष मघौटा नाच अघिपछि पनि लोकप्रिय छ । माघे सङ्क्रान्तिको दिन बिहान सबै नजिकैको खोला नालामा नुहाउन जाने चलन छ । यसलाई माघ लहानु भन्ने गरिन्छ । नुहाइसकेपछि घरमा आई दाल, चामल, नुन छोएर आफूभन्दा ठूलालाई ढोग गरी आशिर्वाद लिइन्छ । माघको दोस्रो दिन खिचडी बनाई खाने चलन रहेको छ । यो दिनलाई खिचरहवा भनिन्छ ।

प्रकृतिसँग
थारुको यो समयमा खेतीपातीको काम सिद्धिएको हुन्छ । यो समयमा प्रकृतिले पनि अथवा रुख बिरुवाले पात झार्ने र नयाँ पालुवा पलाउने गर्दछन् । रुख बिरुवामा पनि फूल फुल्न थाल्छन् । ऋतुको हिसाबले हेमन्त सकिएर शिशिर ऋतु लाग्ने भएकाले यो पर्वको महत्त्व छ । त्यसकारणले थारुले माघीलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले बताउनुभयो ।

शासन व्यवस्था
थारुले माघी पर्वलाई एउटा महान् पर्वका रूपमा लिने गर्छन् । सबै कुरा नयाँबाट सुरु गर्ने भएकाले पनि यसलाई नयाँ वर्षका रूपमा मनाइने संयोजक चौधरीले बताउनुभयो । पछिल्लो केही वर्षयतादेखि नेपालमा कमुईया, कमलहरि राख्ने प्रचलनमा बन्देज लगाइएसँगै यसको अन्त्य भएको छ ।

सम्बन्ध
थारु वर्षभरि आफूले गरेका भूल गल्ती, पाप क्षमा मागी माघको १ गते भाले बस्नुभन्दा पहिले नदी वा खोलामा गएर नुहाएर पुरानो पाप, खराब आनीबानी, सोच विचारलाई नदीमा बगाएर स्वच्छ र पवित्र भई आपसमा मेलमिलाप गर्ने, एकआपसमा क्षमा दिने र आशिर्वाद आदानप्रदान गर्ने, बिग्रेको सम्बन्धलाई बलियो बनाउने गर्छन् ।

लोकप्रिय परिकार ढिक्री
चामलको पिठो मुछेर विभिन्न आकारमा बनाइने थारुको मौलिक परिकार हो, ढिक्री । जसलाई ढकिया (सानो मुख भएको माटोको भाँडो) मा पकाइन्छ । माघीका बेला ढिक्री खाइने उहाँले बताउनुभयो । ठाउँ विशेषअनुसार ढिक्रीलाई सतौरा अनि पिठा पनि भन्ने चलन छ ।

लाइलड्डु
नयाँ वर्ष, नयाँ जन्म जस्ता शुभ समयमा भुजियालाई गुँदमा मुछेर बनाइएको परिकारलाई थारुले लाइलड्डु भन्छन् । यसलाई मुरीको लड्डु पनि भनिन्छ । माघीलाई थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने भएकाले माघीको दिन पनि लाइलड्डु खाइने चौधरीले बताउनुभयो । सँगै कसार पनि खाइन्छ । भुटेको चामल पिँधेर बनाइएको लड्डुलाई कसार भनिन्छ ।

गङ्गटा
थारु समुदायमा प्रसिद्ध ‘सी फुड’ गङ्गटा पनि हो । गङ्गटालाई विभिन्न तरिकाले पकाउन सकिन्छ । छिपछिपे पानी, दलदले हिलो, खोलाको मुहान नजिक गङ्गटा पाइन्छन् । गङ्गटाको खुट्टा केलाइन्छ । त्यसपछि राम्रोसँग पखालेर तेलमा ‘फ्राई’ गरी पकाइन्छ । यसलाई फ्राइ वा सुप दुवै तरिकाले पकाएर खाने चलन रहेको चौधरीले बताउनुभयो । “लसुन र प्याजको मात्रा धेरै हाली पकाउँदा गङ्गटा निकै स्वादिलो हुन्छ”, उहाँभन्नु हुन्छ, “गङ्गटा सेतो रगत भएको जीव भएकाले हाम्रो रगतलाई राम्रो बनाउँछ भन्ने मान्यता छ ।”

झिँगे माछा
पानीमा झिँगाजस्तै उफ्रेर हिँड्ने माछा झिँगे माछा हो । झिँगे माछा सबै समुदायले खान्छन् । थारुको पनि यो प्रिय परिकार रहेको थारु सी फुड्का चौधरी बताउनुहुन्छ । तलाउ, पोखरीमा पाइने यो माछालाई जालले छोपेर मारिन्छ । चौधरी भन्नुहुन्छ, “काँचो हुँदा कालोकालो रङको हुन्छ । तेलमा तारेपछि यो रातो हुन्छ । निकै मीठो र स्वादिष्ट पनि हुन्छ ।” झिँगे माछालाई प्रोटिन र क्याल्सियमको स्रोतका रूपमा लिइन्छ । उहाँले भन्नुभयो, “जाडोमा खाँदा शरीरलाई न्यानो पार्छ भन्ने मान्यता हाम्रो समुदायमा छ ।”

सानो बाम
सानो आकारको बाम माछालाई पनि थारुको प्रिय परिकार मानिन्छ । थारुले सानो बाम माछालाई तारेर सर्स्युँ र लसुनमा पकाउने चलन रहेको चौधरी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “माछाजस्तै यसलाई विभिन्न तरिकाले पकाउन सकिन्छ । उच्च प्रोटिनयुक्त हुने र स्वादिलो हुने भएकाले थारु समुदायमा यो धेरै मन पराइन्छ ।”

ऐँठा
घोँगीभन्दा ठूलो आकारको हुन्छ, ऐँठा । चौधरी भन्नुहुन्छ, “घोँगी चुच्चो आकारको हुन्छ भने ऐँठा अलि चेप्टो गोलो आकारको हुन्छ ।” उहाँ अनुुसार घोँगीलाई पोथी र ऐँठालाई भाले भनिन्छ । ऐँठालाई उसिनेर मासु निकालिन्छ । उसिनेपछि भित्रको मासुको भाग आफैँ बाहिर निस्कने उहाँ बताउनुहुन्छ । त्यसरी निस्केको मासुलाई सेकुवा वा तास बनाएर खाने चलन रहेको चौधरीले बताउनुभयो । ऐँठा पनि घोँगी जस्तै सामुद्रिक जीव भएकाले प्रोटिन र क्याल्सियमयुक्त मानिन्छ । रासस