२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिममा सभामुख चयन प्रक्रिया स्थगन



अ+ अ-

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन प्रक्रिया स्थगित भएको छ । प्रदेशसभा सचिवालयले आज अपराह्न जारी गरेको सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि बैठक स्थगन गरेसँगै सभामुख प्रक्रिया स्थगित भएको हो ।

यसअघि बिहीबारको बैठकमा मत विभाजनमा दुई जना उम्मेदवारमध्ये कसैले पनि बहुमतप्राप्त नगरेपछि आज विहान ११ बजेका लागि बैठक आह्वान गरिएको थियो । आज बिहानैदेखि बसेको सर्वदलीय बैठकमा पुनः मतदानका विषयमा सहमति जुट्न नसक्दा बैठक स्थगन गरिएको हो ।

प्रदेशसभामा निर्णायक शक्ति देखिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो भागमा तीन मन्त्रालय दिनेबारेमा लिखित सहमति नभएसम्म सभामुखको निर्वाचनमा भाग नलिने अडान लिएको छ । बिहीबारको बैठकमा ‘प्रदेशसभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने छुट्टाछुट्टैरुपमा दुई प्रस्ताव पेश भएको थियो तर मत विभाजन गर्दा बहुमत सदस्य सङ्ख्या नपुगेपछि प्रस्ताव अस्वीकृत भएको थियो ।

सभामुख पदका लागि प्रदेशसभाका सदस्य नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा ९माओवादी केन्द्र०का भीमबहादुर भण्डारी उम्मेदवार हुनुहुन्छ । रावललाई सभामुख पदमा निर्वाचित गरियोस् भनी कांग्रेसका मेघराज खड्का प्रस्तावक र कांग्रेसकै पृथ्वीबहादुर सिंह समर्थक रहेको प्रस्तावमा ‘हुन्न’ भन्ने पक्षमा २७ मत र ‘हुन्छ’ भन्ने पक्षमा २३ मत परेको थियो ।

यसैगरी भण्डारीलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नेकपा ९एमाले०की जानकी ऐर बम प्रस्तावक र माओवादी केन्द्रीकी गीतादेवी माल समर्थक रहनुभएको अर्को प्रस्तावको ‘हुन्छ’ भन्ने पक्षमा २६ र ‘हुन्न’ भन्ने पक्षमा २३ मत परेको थियो ।

मत विभाजनमा ५० जनाले भाग लिएकोमा एक जनाको मत बदर भएको थियो । सभामुखमा निर्वाचित हुनका लागि २७ सदस्यको बहुमत आवश्यक पर्छ । मत विभाजनको प्रक्रियामा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र सत्तापक्ष एमालेका चक्रबहादुर मल्ल अनुपस्थित रहनुभएको थियो ।

भण्डारीको पक्षमा एमाले, माओवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका सदस्य र रावलको पक्षमा कांग्रेस, एकीकृत समाजवादी र एकजना स्वतन्त्र सदस्य हुनुहुन्थ्यो । प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्ने संवैधानिक बाध्यता छ । यो अवधि पुग्न थोरै दिन बाँकी छ ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा कांग्रेसका १९, एमालेका दश, माओवादी केन्द्रका ११, नेकपा एकीकृत समाजवादीका चार, राप्रपाका एक र एकजना स्वतन्त्र सदस्य हुनुहुन्छ । रासस