२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बागमती प्रदेश: सभामुखमा कांग्रेसका अधिकारीद्वारा मनोनयन दर्ता



अ+ अ-

हेटौँडा । बागमती प्रदेशसभाको सभामुख पदका लागि नेपाली कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ । कांग्रेस प्रदेशसभा सदस्य शिवराज अधिकारीले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

अधिकारीको प्रस्तावकमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार रहनुभएको छ । कांग्रेस प्रदेश संसदीय दलले समानुपातिकतर्फबाट निर्वाचित धादिङका अधिकारीलाई सभामुखमा उम्मेदवार बनाउन निर्णय गरेको थियो ।

सत्ता साझेदार दलबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भुवन पाठक उम्मेदवार बन्नुहुनेछ । सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबन्डा गर्दा बागमती प्रदेशको सभामुख पद राप्रपाको भागमा परेको थियो । राप्रपाले पाठकलाई सभामुख पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

सभामुख पदका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) की सृजना सायजुले पनि उम्मेदवारी दर्ता गरिसक्नुभएको छ ।