१४ भाद्र २०८३, आईतवार
,
Latest
सुदूरपश्चिमका धेरै स्थानमा वर्षा, सतर्कता अपनाउन आग्रह ‘यस कठिन घडीमा आईएमई प्रभावित नागरिकको पक्षमा उभिएको छ’ त्रिशूली–३ ‘बी’ आयोजनास्थलमा सेनासहितको प्राविधिक टोली परिचालित बाढीपीडितका लागि यूएईले दियो १ करोड डलर, ८० टन राहत सामग्री पनि पठायो भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ” भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३४ पुग्यो, २ हजार ४९८ अझै सम्पर्कविहीन चीनबाट ५० टन राहत सामग्री लिएर सैन्य कार्गो विमान काठमाडौंमा वेस्ट बैंकको जेनिनमा इजरायली हवाई आक्रमण, तीन प्यालेस्टाइनीको मृत्यु भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुँडिखेलमा थारु राष्ट्रिय माघी महोत्सव हुने



अ+ अ-

काठमाडौँ । यस वर्षको माघी पर्वको अवसरमा थारु राष्ट्रिय माघी महोत्सव हुने भएको छ ।

माघी पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा ‘थारु राष्ट्रिय माघी महोत्सव–२०७९ काठमाडौँ’ हुन लागेको हो । थारु कल्याणकारिणी सभाको संयोजनमा थारु राष्ट्रिय माघी महोत्सव २०७९ मुल आयोजक समितिको आयोजनामा पुष ३० गते र माघ १ गते महोत्सव हुने मुल आयोजक समितिले जानकारी दिएको छ ।

माघी पर्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गरी थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ । ‘थारु संस्कृतिको संरक्षण, संवद्र्धन र प्रवद्र्धनमा हाम्रो अभियान, न्याय, समानता र अधिकारका लागि हाम्रो आन्दोलन’ भन्ने मुल नाराको साथमा हुन लागेको महोत्सव माघ १ गते मध्यान्ह १२ बजे प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुहुने मुल आयोजक समिति सदस्य कानूनलाल चौधरीले जानकारी दिनुभयो ।

महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रश्तुती, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन, पुस्तक प्रदर्शनी र बिक्री, मोटरसाइकल ¥याली लगायतका विभिन्न कार्यक्रमहरु रहेको उहाँले बताउनु भयो । खानपिन, हस्तकला, पुस्तक प्रदर्शनी लगायतका १०० वटा स्टल राखिने सदस्य चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुष ३० गते बिहान ७ बजे कोटेश्वरबाट मोटरसाइकल ¥याली शुरु भई भृकुटीमण्डपमा समापन हुनेछ भने माघ १ गते बिहान १० बजे थारु संस्कृति, भेषभुसा, बाजागाजासहित वसन्तपुरमा जम्मा भएर झाँकी ¥याली प्रदर्शनसहित रत्नपार्क परिक्रमा गर्ने कार्यक्रम पनि रहेको छ ।

महोत्सवको व्यवस्थापनका लागि करिव १५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको मुल समारोह समिति सदस्य कानूनलाल चौधरीले बताउनु भयो ।