२० मंसिर २०८२, शनिबार
,
Latest
अरनिको राजमार्गको धुलिखेल–खावा सडकखण्ड विस्तार कार्य तीव्र गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश: मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त, पुस २९ मा शपथ



अ+ अ-

जनकपुरधाम । मधेस प्रदेशमा मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।

६३ सांसदको समर्थनसहित दाबी पेश गरेका यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। मुख्यमन्त्री पद तथा गोपनियताको शपथ पुस २९ मा हुने भएको छ।

एक सय ७ सदस्यीय प्रदेशमा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । यादबलाई सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्रसहित कूल ६३ सदस्यले समर्थन गरेका छन् ।