२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश: मुख्यमन्त्रीका लागि जसपाका सरोजकुमार यादवको दाबी पेश



अ+ अ-

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) ले मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेको छ ।

जसपा प्रदेश संसदीय दलका नेता सरोजकुमार यादबले मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको हो । उहाँले प्रदेशप्रमुख हरिशंकर मिश्रसमक्ष ६३ प्रदेशसभा सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको बताइएको छ ।

सत्ता साझेदार दलहरुबीच पहिलो चरणमा मेधस प्रदेशमा मुख्यमन्त्री जसपालाई दिइने भएको सहमतिअनुसार यादब मुख्यमन्त्री बन्दै हुनुहुन्छ । दोस्रो चरणको मुख्यमन्त्री जनमत पार्टीले पाउने सहमति भएको छ ।

मधेश प्रदेशमा सरकार गठनका लागि कुनै पनि दलसँग एकल बहुमत नभएकाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलका सदस्यको समर्थनमा सरकार गठन गर्न लागिएको हो ।

एक सय ७ सदस्यीय प्रदेशमा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ । यादबलाई सत्ता गठबन्धनमा रहेका नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नागरिक उन्मुक्ति पार्टी र तीन स्वतन्त्रसहित कूल ६३ सदस्यले समर्थन गरेका छन् ।

प्रदेशप्रमुख मिश्रले सरकार गठनका लागि भोलि पुस २९ गते साँझ ५ बजेसम्मका लागि समयसीमा दिनुभएको थियो ।