६ श्रावण २०८३, बुधबार
,
Latest
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च काठमाडौं महानगरपालिकाको प्रशासनिक भवन निर्माणको भौतिक प्रगति ३५ प्रतिशत सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी र सरकारलाई सफल बनाउन प्रधानमन्त्री प्रचण्डको वाईसीएललाई निर्देशन



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (माओवादी केन्द्र) निकट युवाहरुको संगठन बाईसीएललाई पार्ट र सरकारलाई सफल बनाउन संस्थागत पहल गर्न निर्देशन दिनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले वाईसीएलको बैठकलाई सम्बोधन गर्दै संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन लाग्न निर्देशन दिनुभयो ।

क्रान्तिबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अवसर प्राप्त भएको भन्दै उहाँले त्यस्तो चुनौतीपूर्ण अवस्थामा संविधान घोषणा गरिएको बताउनुभयो ।

संविधानको कार्यान्वयन प्रक्रिया पनि आफ्नै नेतृत्वको सरकारले बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डले पहिलो कार्यकालमा मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर, गरिब किसानको ऋण मुक्त गर्ने निर्णय गरिएको तर कार्यान्वयन गर्न नपाएको उल्लेख गर्नुभयो । त्यस्तै आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङको अन्त्य गरेको उहाँको भनाइ थियो ।

अहिले आफूले एउटा संकल्पका रुपमा लिएको भन्दै उहाँले भन्नुभयो, “यो म एक्लैले गरेर सम्भव हुने कुरा छैन । हामीलाई विभिन्न उपलब्धि प्राप्त गर्नका लागि पार्टीका जनसंगठन र युवाहरूले नै महत्त्वपूर्ण भूमिका खेलेको हो ।”