१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक: पूर्व राजा ज्ञानेन्द्र शाह

राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक:  पूर्व राजा ज्ञानेन्द्र शाह
अ अ+ अ-

काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक रहेको जनाउनु भएको छ ।

३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन नसक्ने उल्लेख गर्नुभएको छ ।

सन्देशको पूर्णपाठ

छिन्न भिन्न विभाजनमा परेको नेपाल राष्ट्रको एकीकरण गरेर सिङ्गो र सबल आकार दिने श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाह नेपाली इतिहासमा सदा स्मरणीय होइबक्सन्छ । नेपालमा एकता, अखण्डता, सामाजिक सद्भाव र सार्वभौमिक सर्वोच्चता दुर्लभ हुँदै गएको यो समयमा राष्ट्रिय एकता दिवसको सान्दर्भिकता थप बढेको छ ।

हामीले श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहका दिव्योपदेशहरूलाई आत्मसाथ गर्दै मौसुफले दर्शाइबक्सेको मार्ग दर्शनलाई अनुसरण गर्न सकेमा मात्र हाम्रो इतिहास र भविष्य तथा नेपालीको स्वाभिमान सुरक्षित एवं संरक्षित हुन सक्छ भन्ने विश्वास लिएका छौँ

वर्तमान अवस्थामा हामी धेरै नै पराङमुखी, परनिर्भर र परावलम्बी हुँदै गएका छौँ । राष्ट्रको माटो, प्रकृति र आफ्नै प्रकारको प्रगति हाम्रा निम्ति प्रिय हुनु पर्दछ । हामी चाहन्छौँ( देश आफ्नै बाहुबलमा अघि बढोस्, राष्ट्र आफ्नै मौलिक मान्यतामा अघि बढोस्, सबै यत्न( प्रयत्न गतिविधि आफ्नै शैली ढाँचा तथा प्रक्रियाबाट अघि बढोस् ।

राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त मात्र हुन्छ भन्ने हामीले ठानेका छौँ। सेवा र सुरक्षा दिन नसक्ने प्रजातन्त्रको जुनसुकै नाम र आवरणमा अभ्यास गरे पनि यसबाट राष्ट्रमा सुख हुन सक्ने छैन । विचार, आदर्श र सैद्धान्तिक निष्ठा भन्दा अङ्क तथा आकार प्रकारमा हाम्रो राजनीति अलमलिएको छ । त्यसैले राज्य पद्धति र प्रणाली सही प्रकारले पुनरावलोकन हुनु आवश्यक देखिन्छ ।

राजनीतिक उतार चढावप्रति निरपेक्ष रहनु नेपाली राजसंस्थाको मौलिक विशेषता हो । राष्ट्र, राष्ट्रियता र जनहितप्रति समर्पित रहँदै समन्वयकारी जिम्मेवारी पुरा गर्न शाह वंशीय राजसंस्था कहिले चुकेको छैन । हरेकका आ(आफ्ना राष्ट्रिय अवधारणा, अनुभूति र चासो चिन्ताका विषय सुन्न, बुझ्न हामी सदैव तत्पर रहेका छौँ ।

जय नेपाल
२०७९ पुष २७