१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मतः रामचन्द्र पौडेल

गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न विश्वासको मतः रामचन्द्र पौडेल
file
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले संविधान जोगाउन बनेको गठबन्धन हाइज्याक भएपछि करेक्शन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै दुई वर्ष अघि संविधान जोगाउनको बनेको पाँच दलिय गठबन्धन हाइज्याक भएपछि कोर्स करेक्शनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई काँग्रेसले विश्वासको मत दिएको बताउनुभएको हो ।

उहाँले संविधानमाथि आइपरेको खतरा बचाउनका लागि समर्थन गरेको बताउनु भयो । उहाँले राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएकाले आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आउनुको विकल्प नभएकाले पनि यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिएर राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले काँग्रेसले कुनैपनि संवैधानिक भाग लिनको लागि भन्दा पनि संविधानमाथि आइपरेका खतरालाई हृदयंगम गरेर संविधान बचाउनका लागि मतदान गरेको बताउनु भयो । उहाँले बदलिएको राजनीतिक घटनाक्रमले राष्ट्रिय दलहरूबीच एकता र सहकार्य खोजेकाले सबैजना एक ठाउँमा उभिएको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले केही दिन अगाडि एउटा कार्यक्रममा भनेको थिए । अहिलेको राष्ट्रिय परिस्थिति पेचिलो बन्दै गएको छ । आर्थिक ,सामाजिक र राजनीतिक सबै परिस्थिति एक ठाउँ आइरहेका छन् । यो बेलामा नेपालका सबै शक्तिहरु एक ठाउँमा उभिनुपर्छ । राष्ट्रिय सहमति र राष्ट्रिय एकता कायम हुनुपर्छ भनेर मैले भनेको थिए । आज त्यही अनुसार सबै राष्ट्रिय पार्टीहरु र शक्तिहरु मिलेर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुभएको छ । यो एउटा ऐतिहासिक घटना हो । यसमा मलाई सन्तोष छ ।

काँग्रेसले राष्ट्र,व्यवस्थालाई हेरेर संविधान बचाउनको लागि संविधानमा आइपरेका विभिन्न खतराहरुलाई समेत हृदयंगम गरेर ७० वर्षसम्म लडेर ल्याएको संविधान बचाउनको लागि काँग्रेसले प्रचण्डलाई विश्वासको मत दियौं । संविधान बचाउनको लागि पाँच दलको गठबन्धन भएको थियो । गठबन्धन हाइज्याक भएको थियो । त्यसलाई करेक्शन गर्ने उदेश्यले पनि मतदान गरेर संविधान बचाएर मुलुकको संकटलाई टार्ने एउटा प्रयास गरेका छौं ।

यसले देश जनताको भलो गर्छ । राजनीतिक पार्टीहरु एक ठाउँमा छन् । एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जान्छन् । काँग्रेसले कुनै पदको लागि पक्षमा मतदान गरेको होइन । पदको विषयमा भएको भए ओलीले संसद विगठन गरेको बेला दौडेर निवर्तनमा जाने थिए । त्यो बेला व्यवस्थाको लागि गरेको हो । मलाई सत्ता भन्दा पनि व्यवस्थाको चिन्ता छ । काँग्रेसले व्यवस्था जोगाउनको लागि गरेको अब व्यवस्था जोगिने विश्वास रहेको छ ।’

उहाँले अहिले सबै राजनीतिक पार्टी एक ठाउँमा भएकाले एउटै विचार हुने पार्टीहरु एक ठाउँमा हुँदै जाने समेत बताउनु भयो । उहाँले काँग्रेसले व्यवस्था जोगाउनको लागि प्रधानमन्त्रीलाई विश्वासको मत दिएकाले अब व्यवस्था जोगिने विश्वास रहेको बताउनु भयो ।