१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः यो गिरिजाको समयको नेपाल होइन

ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः यो गिरिजाको समयको नेपाल होइन
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै संसद विघटन प्रधानमन्त्रीले लहडको भरमा गर्न नमिल्ने बताउनुभएको छ ।

उहाँले प्रतिनिधि सभा विघटन प्रतिगामी थियो भन्ने महशुस अध्यक्ष ओलीले गर्नुभएको होला भन्ने सोचेपनि अझै आत्मलोचना हुन नसकेको बताउनुभएको हो । मंगलवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले अध्यक्ष ओलीले प्रतिनिधि सभा विघटन गर्न पाइन्छ भनिरहेको भन्दै आपत्ति जनाउन भयो । उहाँले प्रतिनिधि सभा विघटन गर्न नपाउने भन्दै सरकारलाई प्रतिनिधि सभा विघटन गर्नेकुरामा नलाग्न सचेत गराउनु भयो ।

उहाँले अध्यक्ष ओलीप्रति लक्षित गर्दै विदेशको कुरा ल्याएर संसदमा नअल्झाउन आग्रह गर्नुभयो । अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले पनि विश्वासको मत दिने भनिसकेपछि आत्तिनुपर्ने अवस्था नरहेको बताउनु भयो । उहाँले अहिले आफूले आशा गरेकै व्यक्ति प्रधानमन्त्री भएको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गर्नुपर्ने हतारो छ, हतार गरेर केही हुँदैन । प्रमुख प्रतिपक्ष दलले नै विश्वासको मत दिने भनेपछि अब झस्किनुपर्ने केही छैन । हामीले आशा गरेकै व्यक्ति प्रधानमन्त्री बनेपछि आत्तिनुपर्ने आवश्यक्ता छैन । तर ख्याल गर्नुपर्छ, संविधानप्रतिको प्रतिवद्धता छ की छैन, शंका गर्नुपर्ने कुरा त्यहाँ छ । किनभने यही रोस्टममा मैले सुने संसद विघटन गर्न पाइन्छ । यो मान्यता यो गठबन्धनको हो भने खतरनाक संकेत हो । जसरी प्रतिनिधि सभालाई बीचमै विघटन गरियो । के यो ब्रिटेन हो, भारत हो, पुरानो नेपाल हो ? गिरिजाप्रसाद कोईराला नेतृत्वको २०५१ सालको सरकार हो ? २०५८ सालको शेरबहादुर देउवा नेतृत्वको सरकार हो ? होइन, ख्याल के होस् भन्दा राणा कालमा पनि २००५ सालमा, २००७, २०१९, २०४७ सालमा संविधान बन्यो, २०४७ मा त म आफैँ संलग्न छु ।

विगतका त्रुटी नहो-याउने प्रतिवद्धता गरेका छौँ । हेक्का रहोस्, प्रधानमन्त्रीले जथाभावी प्रतिनिधि सभा विघटन गर्न पाउँदैनन् ख्याल होस् । गठबन्धनले आत्मलोचना, महशुस गरेको होला भनेको त यहाँ गर्जिएको देख्दा अचम्म लाग्यो, हिजै जवाफ दिने पक्षमा थिएँ, पहिलो दिन के भन्नु भनेको त कुरा अझै आत्मलोचना छैन । यस्तो गोल चक्करमा नफस्नुस् । संविधानले आफूखुशी संसद विघटन गर्ने अधिकार दिएको छैन ।’

अध्यक्ष नेपालले अर्को सकरार विकल्प हुन्जेलसम्म कसैको लहडको भरमा प्रतिनिधि सभा विघटन नपाउने स्पष्ट पार्नुभयो ।

तस्बिरः रत्न श्रेष्ठ-रासस