२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले केटाकेटी पन देखाएः रमेशजंग रायमाझी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभासदस्य रमेशजंग राईमाझीले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषद्मा प्रतिपक्षको भुमिका खेल्छु भन्नु केटाकेटी पन भएको टिप्पणी गर्नुभएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै रायमाझीले संसदीय प्रणालीमा प्रधानमन्त्रीको नेतृत्वमा जनता र संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सरकारको उपप्रधान तथा गृहमन्त्रीले सरकारको प्रतिनिधि भन्दा प्रतिपक्षको भुमिकामा उभिने भन्नेबाट कानूनको पालना नहुने बताउनुभएको हो ।

उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीको मन्त्री भएर मन्त्रीपरिषद्मा प्रतिपक्षको भुमिका खेल्छु भन्नु केटाकेटी पन वा अनपेक्षित पदप्राप्तिपछिको उत्साह अंहकार भएको टिप्पणी गर्नुभयो ।

उहाँले कानूनको भुमरीमा परेर सफाइ नपाएको व्यक्ति नै स्वास्र्थ बाझिने गरी राज्यमा प्रमुख निकायमा रहँदा यो शासन व्यवस्थाको मूल्य र मान्यतालाई कायम गर्न नसक्ने बताउनु भयो । उहाँले संविधानमा व्यवस्था भएका मौलिक हकमा राज्य गम्भिर नबन्दा धेरै शान्ति सम्झौतामा भएका कामहरु गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले आमागी संसदले लामो समय देखि विवाद रहेको नागरिकता संशोधन विद्येयक प्रमाणिकरण नहुँदा नागरिकहरु नागरिता पाउनबाट बन्चित बन्नुपरेको बताउनु भयो ।