४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

राष्ट्रपतिले किन पिर्का प्रयोग गर्नुहुन्छ ?

राष्ट्रपतिले किन पिर्का प्रयोग गर्नुहुन्छ ?
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सवारी चढ्दा, ओर्लंदा या कुनै अग्लो स्थानमा उक्लनका लागि पिर्काजस्तो वस्तु राखिएको हुन्छ ।

शनिबार पनि उहाँ शीतलनिवासमा साझा बस चढ्दा र ओर्लंदा पनि पिर्काको प्रयोग गर्नुएको थियो । उहाँ शनिबार शीतलनिवासबाट साझाको बिजुली बस चढेर पाटन पुग्नुभएको थियो ।
तर उहाँले पिर्काको प्रयोग गरेका तस्बिरहरुमाथि कतिपय मानिसले सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी पनि गर्ने गरेका छन् ।

सामाजिक सञ्जालमा मानिसहरुले भूइँमा नटेकेर किन पिर्कामा भन्नेजस्ता प्रश्न पनि गर्ने गरेका छन् । राष्ट्रपति भण्डारी बसमा चढ्न र ओर्लना असहज भएकाले सजिलोका लागि मात्र पिर्का राखिएको राष्ट्रपतिको कार्यालयले स्पष्ट गरिसकेको छ ।

उहाँले किन प्रयोग गर्नुहुन्छ त पिर्का ? राष्ट्रपति भण्डारीलाई करिब डेढ दशकअघि ब्लड क्यान्सर भएको थियो । भारतको एपोलो अस्पतालमा क्यान्सरको उपचारका क्रममा दिइने केमोथेरापीको स्टेरोइड औषधिले उहाँको कम्मरको जोर्नीमा खराबी देखिएकाले प्रत्योरोपण गरिएको हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा कैलाश भण्डारीले जानकारी दिनुभयो ।

जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालका मेडिकल डाइरेक्टर समेत रहनुभएका विशेषज्ञ डा भण्डारीले भन्नुभयो( उहाँको हिपमा खराबी देखिएपछि मेटल हिप रिप्लेस्मेन्ट गरिएको छ, यस्तो विरामीले धेरै माथिसम्म खुट्टा उठाउनु हुदैन समस्या हुन्छ । त्यसैले उहाँ उक्लने र ओर्लने ठाउँ केही अग्लो या होचो छ भने त्यसका लागि सपोर्ट राख्ने गरिएको हुनसक्छ ।

डा भण्डारीले भन्नुभयो “हिप रिप्लेस्मेन्ट गर्ने मान्छेले माथिसम्म खुट्टा उठाउँदा प्रत्योरोपण गरिएको हिपले ठाउँ छोड्ने (डिस्लोकेट हुने) पनि हुनसक्छ । त्यसैले धेरै सतर्कता अपनाउनुपर्छ । धेरै अग्लो र होचो स्थानमा उक्लने या हामफाल्ने गर्नु हुँदैन डिस्लोकेट हुनसक्छ । त्यसैले केही न केही सपोर्ट राख्नुपर्ने हुन्छ ।

यस्तो विरामीले अरु सर्वसाधारणले जस्तै सामान्य तवरबाट घुँडा खुम्च्याउन पनि नमिल्ने र धेरै उकालो र ओरालो हिँड्न पनि नहुने भएकाले सावधानी अपनाउनुपर्ने डा भण्डारीको सुझाव छ ।

राष्ट्रपति भण्डारले पनि लामो समय उपचार गराउनुभएको थियो । क्यान्सर उपचारको थेरापीकै कारण त्यसकै असरले उहाँले घुँडा पनि राम्रोसँग खुम्च्याउन नमिल्ने र ठम्ठम्ती हिँड्न पनि नहुने समस्या रहेको छ ।

स्वास्थ्यमा समस्याकै कारण राष्ट्रपतिले घुँडा खुम्चाउन नमिल्ने भएकाले उहाँलाई साझा बस चढ्दा पिर्का राख्नु परेको कुरा त राष्ट्रपति कार्यालयले स्पष्ट गरिसकेको छ ।