१० माघ २०८१, बिहीबार
,
Latest
गृहमन्त्री लेखक र एडिबी निर्देशकबीच भेटवार्ता महानगर यातायातले थप्यो ४० नयाँ बस, पब्लिक लिमिटेडमा जाँदै व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै गुणस्तरीय सेवा प्रवाह र सुशासनमा उल्लेख्य प्रगति गर्नका लागि अध्यादेश ल्यायौँः उपप्रधानमन्त्री पौडेल संघीय निजामती विधेयकको प्रस्तावना संशोधन गर्ने सहमति भीम रावलको अभियानमा सहभागी भएका ६ जना नेता एमालेको कारबाहीमा हिमोफिलियाको औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्रीको निर्णय प्रविधिले जोगाएको नेपाली अण्डाको बजार देशको राजनीतिक अवस्था सहज छैनः अध्यक्ष प्रचण्ड भारतमा भएको रेल दुर्घटनाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनदेखि हराएका चार किशोरी भेटिए



अ+ अ-

गोरखा । गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू आज तनहुँमा फेला परेको जिल्ला कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो ।

“हराएका सबै चार किशोरीलाई दिउँसो ४ः३० बजे तनहुँको बरादीमा भेटिएको हो”, उहाँले भन्नुभयो, “उनीहरूलाई गोरखा ल्याउने तयारी भइरहेको छ ।” महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया सङ्गीता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहिद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हराएका थिए ।

किशोरीहरू विद्यालयबाट सम्र्पकबिहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो । हराएकीमध्येकी एक सरिता परियारको आफन्तको घरमा भेटिएको प्रहरी उपरीक्षक खनालले बताउनुभयो ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा परियारको उक्साहटमा उनीहरू विद्यालयबाट भागेको पाइएको उहाँले जानकारी दिनुभयो । बरादीबाट आज पोखरातर्फ जाने तयारी गरिरहेको अवस्थामा किशोरीहरू फेला परेको प्रहरी उपरीक्षक खनालको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।