२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पब्जी विश्वकपको फाइनल आजदेखि, दुई नेपाली टिमले प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनल चरणको खेल आज शुक्रबरबाट सुरु हुँदैछ ।

आइतबारसम्म चल्ने खेलमा नेपाली ‘ट्रेन टु किल’ (टीटूके) र ‘डीआरएस गेमिङसहित १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

पीएमजीसी अन्तर्गत समूह चरणमा ‘यल्लो ग्रुप’मा रहेको टीटूकेले शीर्ष तीनभित्र रहँदै फाइनलको यात्रा तय गरेको हो भने ‘डीआरएस गेमिङ’ले सर्भाइबल स्टेज र लास्ट चान्स खेल्दै फाइनलमा छनोट भएको हो ।

यो प्रतियोगिताको फाइनलको लागि १५ लाख अमेरिकी डलर (करिब २० करोड रुपैयाँ) कुल पुरस्कार राशि राखिएको छ । उक्त पुरस्कार पहिलो, दोस्रो र तेस्रोसँगै अन्य सहभागी टिमबीच विभाजन गरिनेछ ।

प्रतियोगिताको विजेता टिमले चार लाख डलर (करिब पाँच करोड ३४ रुपैयाँ) हात पार्नेछ भने दोस्रो हुने टिमले दुई लाख डलर (करिब दुई करोड ६७ रुपैयाँ) र तेस्रो हुनेले एक लाख २० हजार डलर (करिब एक करोड ६० रुपैयाँ) प्राप्त गर्नेछ ।

फाइनलका खेलहरु नेपाली समय अनुसार दिउँसो ४ः१५ बाट सुरु हुनेछ ।