२३ जेष्ठ २०८३, शनिबार
,
Latest
भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

पब्जी विश्वकपको फाइनल आजदेखि, दुई नेपाली टिमले प्रतिस्पर्धा गर्दै



अ+ अ-

काठमाडौँ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२२ को फाइनल चरणको खेल आज शुक्रबरबाट सुरु हुँदैछ ।

आइतबारसम्म चल्ने खेलमा नेपाली ‘ट्रेन टु किल’ (टीटूके) र ‘डीआरएस गेमिङसहित १६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

पीएमजीसी अन्तर्गत समूह चरणमा ‘यल्लो ग्रुप’मा रहेको टीटूकेले शीर्ष तीनभित्र रहँदै फाइनलको यात्रा तय गरेको हो भने ‘डीआरएस गेमिङ’ले सर्भाइबल स्टेज र लास्ट चान्स खेल्दै फाइनलमा छनोट भएको हो ।

यो प्रतियोगिताको फाइनलको लागि १५ लाख अमेरिकी डलर (करिब २० करोड रुपैयाँ) कुल पुरस्कार राशि राखिएको छ । उक्त पुरस्कार पहिलो, दोस्रो र तेस्रोसँगै अन्य सहभागी टिमबीच विभाजन गरिनेछ ।

प्रतियोगिताको विजेता टिमले चार लाख डलर (करिब पाँच करोड ३४ रुपैयाँ) हात पार्नेछ भने दोस्रो हुने टिमले दुई लाख डलर (करिब दुई करोड ६७ रुपैयाँ) र तेस्रो हुनेले एक लाख २० हजार डलर (करिब एक करोड ६० रुपैयाँ) प्राप्त गर्नेछ ।

फाइनलका खेलहरु नेपाली समय अनुसार दिउँसो ४ः१५ बाट सुरु हुनेछ ।