२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज १८ दशमलब शून्य नौ अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ मा पुगेको छ ।

आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले उकालो लागेर चार सय ११ दशमलब २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

कारोबार भएकामध्ये एक सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कूल एक रु करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयर रु पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ मूल्यमा खरिद बिक्री भएका छन् । शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ बराबर पुगेको छ ।

कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको रु ४३ करोड १९ लाख ६६ हजार नौ सय ७४ बराबरको कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनी रु २१ करोड ४१ लाख आठ हजार चार सय ८७, हिमाल दोलखा हाइड्रोपावर रु ११ करोड ८४ लाख ७८ हजार छ सय ६५, एनआइसी एशिया बैंक रु ११ करोड ८४ लाख ४४ हजार तीन सय छ र नेपाल पुनर बीमा कम्पनी रु १० करोड दुई लाख ६३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन् । उकालो लागेको बजारमा सिटिजन म्युचुअल फण्ड तीन दशमलब शून्य तीन, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ८८, नारायणी डेभलपमेन्ट बैंक दुई दशमलब ८२, नेपाल एसबिआई बैंकको ऋणपत्र दुई दशमलब ७० र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले दुई दशमलब ४६ प्रतिशतले गुमाएका छन् ।