२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा मार्फत एनसेल नम्बरमा टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिने



अ+ अ-

काठमाडौँ । नेपालको पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एनसेलका कुनैपनि मोबाईल नम्बरमा टपअप गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ ।

इसेवा मार्फत एनसेल मोबाईलमा जनवरी महिना अवधीभर जम्मा ६ सय रूपैयाँ भन्दा बढिको टपअप गर्दा प्लेस्टेशन फाइभ जित्न सकिनेछ । यसका अलवा अन्य थुप्रै पुरस्कार जित्न सकिने अफर इसेवाले सार्बजनिक गरेको छ । साथै रू २०० भन्दा माथिको रिचार्ज गर्ने व्यक्तिले हरेक हप्ता आकर्षक उपहार जित्न सकिनेछ । यो योजना अंग्रेजी महिनाको जनवरी अन्तिम सम्म लागु हुनेछ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओएस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।