७ मंसिर २०८१, शुक्रबार
,
Latest
कांग्रेसद्वारा मुलुकको आर्थिक अवस्थाबारे सरोकार भएकाहरूबाट सुझाव सङ्कलन रवि र छविलालसहित १० जनाविरूद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश यस्ता छन् मन्त्रीपरिषद् निर्णय- ‘उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग’ मा सदस्य थप देखी बिभिन्न निकायमा… राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस प्रधानमन्त्री ओलीसँग भारतीय सेनाध्यक्ष द्विवेदीको भेट नेपाललाई विपद् तथा जलवायु परिवर्तन उत्थानशील राष्ट्र बनाउनुपर्नेमा जोड सरकार कफी खेतीको प्रवर्द्धनका लागि प्रतिवद्ध छः कृषिमन्त्री अधिकारी हिमालय एयरलाइन्सबाट ट्राभल एजेन्टहरू न्यूनतम लाभ मार्जिनमा मात्र टिकट बिक्री गर्न निर्देशन आईपीएल मार्च १४ देखि, फाइनल २५ मेमा हुने !
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालबालिकालाई शान्त राख्न मोबाइल दिनु ठूलो गल्तीः अध्ययन



अ+ अ-

एजेन्सी । प्रायजसो बच्चाहरु धेरै जिद्दी हुन्छन् वा रुन्छन्, तब आमाबाबुले तिनीहरूलाई भुलाउन मोबाइल दिन्छन् । यसले तुरुन्तै बच्चालाई शान्त पार्छ, तर यसबाट धेरै गम्भीर परिणामहरू अगाडि आएका छन् । यो प्रवृत्ति बच्चा हुर्काउन सम्बन्धित ठूलो गल्ती हो ।

मिशिगन मेडिसिनमा प्रकाशित एक रिपोर्टका अनुसार बालबालिकालाई शान्त पार्न मोबाइल दिँदा उनीहरु मानसिक रोगी बन्न सक्छन् ।

यसले तिनीहरूलाई जीद्धि बनाउँछ र कहिलेकाहीँ चुनौतीपूर्ण वातावरणमा आक्रामक व्यवहार समेत गर्छन् । यसले बालबालिकाको शारीरिक क्रियाकलाप मात्र कम गर्दैन, बढ्दो उमेरसँगै उनीहरुको व्यवहारमा पनि परिवर्तन आउँछ । यस्ता बालबालिका भावनात्मक रुपमा निकै कमजोर हुन्छन् । यसको प्रभाव केटाहरूमा बढी देखिन्छ ।

जामा पेडियाट्रिक्समा मिशिगन मेडिसिनको अध्ययनका अनुसार, ३–५ वर्षका बालबालिकालाई शान्त पार्न स्मार्टफोन र ट्याब्लेट जस्ता उपकरणहरूको बारम्बार प्रयोगले उनीहरुमा भावनात्मक गडबडी निम्त्याउन सक्छ । स्क्रिन टाइम बढ्दै जाँदा उनीहरूको व्यवहार नकारात्मक हुँदै गइरहेको छ । साथै, चुनौतीपूर्ण व्यवहारहरूमा तिनीहरूको प्रतिक्रिया बिग्रन्छ ।

यति मात्र होइन, यसले शरीरमा एक प्रकारको शिथिलता पैदा गराउँछ । बालबालिकाको ‘मुड स्विङ’ हुन थाल्छ । कहिलेकाहीँ तिनीहरू धेरै उत्साहित हुन्छन्, र कहिलेकाहीँ उदासी र निराशाले उनीहरुलाई सताउँछ । यस्ता लक्षण देखिएमा बालबालिकालाई मोबाइल दिन बन्द गर्नुपर्छ ।