११ श्रावण २०८३, सोमबार
,
Latest
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस भाषा, संस्कृति र इतिहास संरक्षणमा राज्य गम्भीर बन्नुपर्छः उपाध्यक्ष भण्डारी समृद्धिका लागि कानून वाधक बन्न हुँदैनः मन्त्री गौतम सुनसरी घटनापछि गृहको कदम : सीडीओसहित सुरक्षा प्रमुखहरू फिर्ता, छानबिन समिति गठन दोषीलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने माग गर्दै स्वास्थ्यकर्मीद्वारा घण्टाघारमा प्रदर्शन ‘पत्रकारको हकहित संरक्षण गर्न मधेस प्रदेश सरकार प्रतिबद्ध छ’ सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्ने निर्णय नारायणी घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य अवस्थाको जानकारी हरेक फौजदारी मुद्दामा पीडितका लागि क्षतिपूर्ति दाबी गरिने : महान्यायाधिवक्ता कँडेल बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल टी–२०ः बर्ल र गौतमको उत्कृष्ट साझेदारीमा जनकपुरलाई १८१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । नेपाल टी–२० लिग अन्तर्गत आज भएको खेलमा काठमाडौं नाईट्सले जनकपुर रोयल्सलाई १८१ रनको लक्ष्य दिएको छ । टियु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन बनाएको हो ।

काठमाडौंका लागि सुनाम गौतमले ४७ बलमा ६२ रनको अर्धशतकिय ईनिङ खेले । यस्तै रायन बर्लले पनि ४० बलमा ४ चौका र ३ छक्कासहित ६१ रनको अर्धशतकीय ईनिङ खेले । एलेक्स ब्लेक भने २० रनमा आउट भए ।

यस्तै , अजमतुल्लाह उमजाईले १० रन जोडे भने लोकेश बम ७ रनमा अविजित रहे । कप्तान ज्ञानेन्द्र मल्ल भने यस लिगमा तेस्रो पटक डगआउट भए ।

जनकपुरको तर्फबाट जितेन्द्र मुखियाले २ विकेट लिए । शरफुदिन असरफ र कप्तान ट्राभोन ग्रिफिथले भने समान १/१ विकेट लिए ।

जनकपुर ५ खेलमा ८ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ भने काठमाडौं चार खेलमा २ खेल जितेर ४ अंक सहित तालिकाको तेस्रो स्थानमा रहेको छ।

जारी प्रतियोगिताको पहिलो भेटमा काठमाडौंले जनकपुरलाई ५३ रनले हराएको थियो । आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्स र लुम्बिनी अलस्टार्सबीच प्रतिस्पर्धा हुँदैछ ।

यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।