२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थोपेडिक्स अस्पताललाई कम्बल वितरण



अ+ अ-

काठमाडौं । जोरपाटीस्थित नेपाल अर्थोपेडिक्स अस्पताललाई कम्बल सहयोग गरिएको छ । डा राजेश राजभण्डारी र होप वर्ल्डवाइडले अस्पतालका कामु निर्देशक डा कैलाश भण्डारीलाई ५० थान कम्बल सहयोगस्वरुप हस्तान्तरण गर्नुभयो ।

अस्पतालमा उपचार गर्नका लागि आउने गरिब तथा विपन्न बिरामीका लागि उक्त कम्बल प्रयोग गरिने अस्पतालले जनाएको छ । नेपाल अर्थोपेडिक्स अस्पताल गैरनाफामूलक अस्पताल हो ।

यो अस्पताल सन् १९९८ मा खगेन्द्र नवजीवन केन्द्र र रोटरी इन्टरनेशनलले च्यारिटेबल भेन्चर्सका रुपमा स्थापना गरिएको हो । अस्पतालले ट्रमा र अर्थोका सुपरस्पेसियालिटी सेवा प्रदान गर्दै आएको छ । रासस