४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

विप्लव र कमल थापाबीच भेटवार्ता

विप्लव र कमल थापाबीच भेटवार्ता
अ+ अ-

काठमाडौं । नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले पछिल्लो समय राजनीतिक भेटघाटलाई तिब्रता दिएका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापासँग विप्लवले भेटवार्ता गरेका छन् ।

विप्लव शुक्रबार बिहानै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'सहित थापा निवास बुढानिलकण्ठ पुगेका हुन् ।  भेटमा उनले आफ्नो भूमिगतकालमा राप्रपाले गरेको बैचारिक सहयोगको प्रशंसा गरेका थिए । 

भेटका क्रममा उनले देश कठिन अवस्थामा पुगेको र बैदेशिक हस्तक्षेप अत्यन्त तीव्र भइरहेकाले सबै दलहरु मिलेर राष्ट्रियता र स्वाधीनताको पक्षमा लड्नु पर्नेमा जोड समेत दिए । 

राप्रपा अध्यक्ष थापाले पनि सरकारले विप्लव सँगको सहमित कार्यान्वयन हुनुपर्छ भन्ने राप्रपाको धारणा रहेको बताए । पछिल्लो समय विप्लवले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।