७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री आलोपालो, राष्ट्रपति र सभामुख एमालेलाई



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) केपी शर्मा ओली निवास बालकोटमा भएको नयाँ गठबन्धन दलबीचको बैठकमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

पहिलो चरणमा सरकारको नेतृत्व नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्नेछन् भने त्यसपछि सरकारको नेतृत्व एमालले लिनेछ ।

सहमतिअनुसार राष्ट्रपति र सभामुख पद एमालेले पाउने छ । बालकोटमा भएको बैठकमा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेताबीच छलफल भएको थियो ।