५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङमा बस र माइक्रोबस ठोक्किदा एकको मृत्यु, १२ जना घाइते



अ+ अ-

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरीमा बस र माइक्रोबस ठोकिदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

गजुरी गाउँपालिका २ बिहानी पम्प नजिकै बेलहियाबाट काठमाडौंतर्फ आउदै गरेको लु २ ख २६४४ नम्बरको बस र लमजुङतर्फ जादै गरेको बा २ख ४७६२ नम्बरको माइक्रोबस एक आपसमा ठोक्किदा माइक्रोबसमा सवार महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएकाहरुको गजुरीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको उपरीक्षक खत्रीले बताए । घाइते मध्य ७ पुरुष र ६ जना महिला छन् ।