२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता



अ+ अ-

काठमाडौँ । आइएमई र नेपाल एसबीआई बैंकवीच सम्झौता भएको छ । सम्झौता अनुसार आइएमईका जुनसुकै शाखा संजालमार्फत पठाइएको पैसा नेपाल एसबीआई बैंकका जुनकुनै शाखाहरूबाट भुक्तान लिन सकिनेछ ।

सोमबार राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकावीच उक्त सम्झौता सम्पन्न भएको थियो । सम्झौता पत्रमा आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र बैंकका तर्फबाट प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा आइएमई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल, नेपाल एसबीआई बैंकका प्रबन्ध संचालक एवम्प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे, प्रमुख संचालन अधिकृत यादवेन्द्र कान्त, प्रमुख व्यवसाय विकास अधिकृत रितेश अर्याललगायत दुवै संस्थाका उच्चपदस्थ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत्विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

आइएमई डिजिटलले ‘ आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत्विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर  मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।




भर्खरै