९ माघ २०८१, बुधबार
,
Latest
सीआईबीको प्रहरी भन्दै करोड बढी ठगी गर्ने युवक पक्राउ रुपन्देही जिल्ला अदालतले रविलाई निकिता र कानून व्यवसायीको जिम्मामा लगायो सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय भन्सार छलीका लत्ताकपडा नियन्त्रणमा जनतालाई मार पर्नेगरी भएको सिमेन्टको मूल्यवृद्धि स्वीकार्य हुँदैनः सांसद भट्टराई रवि लामिछानेको बयान सकियो सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सार्वजनिक लेखा समितिको निर्देशन इगा स्विटेक अष्ट्रेलियन ओपनको सेमिफाइनलमा डढेलोबाट हुने क्षति न्युनिकरणका लागि १५ दिनभित्र कार्ययोजना बनाई कार्यान्वयन गर्न निर्देशन नागरिकमा आशा जगाउने काम गरिरहेका छौँः उपप्रधानमन्त्री सिंह
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीद्वारा ‘मेमोरी किङ’ शर्मालाई बधाई तथा शुभकामना



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मेमोरी किङका रूपमा विश्वमा चिनिएका अर्पण शर्मालाई बधाई तथा शुभकामना दिनुभएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले दुई पटकसम्म कीर्तिमान राख्न सफल भएकोप्रति शुभकामना दिँदै आगामी दिनमा थप सफलताको शुभकामना दिनुभयो ।

शर्माले एक मिनेटमा ८३ वस्तुको क्रम स्मरण गरेर दोस्रो विश्व कीर्तिमान कायम गर्नुभएको छ । उहाँले आफ्नो ध्यान साधना र मेमोरी टेक्निकहरूको प्रयोगबाट कीर्तिमान राख्न सफल भएको बताउनुभएको छ । थप विश्व रेकर्ड कायम गर्ने अठोट गरेका शर्माले आफ्नो स्मरण शक्ति तालिमद्वारा विद्यार्थीहरूको पनि स्मरणशक्ति बढाई शिक्षा क्षेत्रमा मद्दत पु¥याइरहनुभएको छ ।

शर्माले यसअघि सन् २०१५ मा एक मिनेटमा ४२ वस्तुको क्रम स्मरण गरेर गिनिज बुकमा नाम लेखाउनुभएको थियोे । “यो विश्व रेकर्डको प्रमाणपत्र मेरो मात्रै नभई सम्पूर्ण नेपालीहरूको भएको महसुस गरेको छु”, रासससँग कुरा गर्दै शर्माले भन्नुभयो, “आगामी दिनमा अझै विश्व कीर्तिमान राखेर नेपालको नाम विश्वसामु फैलाउने वाचा गर्दछु ।”