२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सी र कतारी अमिरबीच विश्वकपबारे छलफल



अ+ अ-

एजेन्सी । चिनियाँ राष्ट्रपति सी चिनफिङ र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता बारे छलफल भएको छ । साउदी अरबको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति सी र कतारी अमिरबीच आज यहाँ भएको भेटवार्तामा विश्वकप प्रतियोगिताबारे छलफल भएको हो ।

चीनका राष्ट्रपतिले विश्वकपको पूर्ण सफलताको कामना गर्दै कतारले खेलको सफल आयोजना गरेर आफ्नो योग्यता प्रस्तुत गरेको बताउनुभयो । उहाँले आजको अनिश्चित विश्वमा त्यसले ताजा र सकारात्मक उर्जा दिएको बताउनुभयो । कतारी अमिरले राष्ट्रपतिको शुभकामनाका लागि कृतज्ञता ज्ञापन गर्दै विश्वलाई आज अरब संसारको क्षमता र भावनाबारे जान्न खेलहरू आवश्यक भएको बताउनुभयो ।

चिनियाँ कम्पनीले विश्वकपका लागि मुख्य रङ्गशाला निर्माण गरेको तथा दुई वटा पाण्डाको कतार आगमनले खेलकुदको उत्सवमय वातावरणमा नयाँ आकर्षण थपिएको बताउँदै कतारी अमिरले त्यसबाट आफ्नो देश र चीनबीचको मैत्रीलाई थप सुदृढ तुल्याएको विचार व्यक्त गर्नुभयो ।