२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको चुनावी खर्च २२ लाख ६४ हजार रुपैयाँ



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गोरखा क्षेत्र नम्बर–२ का निर्वाचित उम्मेदवार तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन खर्च विवरण पेस गरेका छन् ।

अध्यक्ष दाहालले निर्वाचनमा २२ लाख ६४ हजार पाँच सय रुपैयाँ खर्च भएको विवरण जिल्ला निर्वाचन कार्यालयमा पेस गरेका हुन् ।

सवारी साधन, प्रचार सामग्री, प्रचारप्रसार, प्रतिनिधि परिचालनमा उक्त रकम खर्च भएको दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणमा उल्लेख छ ।

मतगणना सकिएको ३५ दिनभित्र निर्वाचन खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेकामा दाहालले मंसिर १५ गते नै खर्च विवरण पेस गरेका हुन् । सो क्षेत्रको मतदाता संख्या, क्षेत्रफल, र मतदान केन्द्रलाई आधार मान्दै प्रतिनिधिसभा तर्फ २९ लाखसम्म खर्चको हद तोकिएको थियो ।