५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चको मूल गेटमा दिए कानून व्यवसायीहरुले धर्ना



अ+ अ-

काठमाडौँ । महाअभियोग निष्क्रिय बनेको पत्र पाएसँगै सर्वोच्च अदालतमा हाजिर गर्ने तयारी गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालत परिसरमा छिर्न नदिन नेपाल बार एसोसिएसनले अदालतको मूल गेटमा धर्ना दिएको छ ।

धर्नामा बार अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठलगायत सहभागी छन् ।

बुधबार संघीय संसद्का महासचिव डा भरतराज पौडेलले जबरालाई महाअभियोग निष्क्रिय भएको पत्र दिएका थिए । पत्र पाएसँगै जबरा सर्वोच्चमा हाजिर गर्ने तयारीमा रहेका छन् ।